आज विश्व मिगाैला दिवस : मिर्गौला कसरी जोगाउने त ?

मुख्य समाचार विषेश समाचार स्वास्थ्य



काठमाडौँ, ३० फागुन, आज १४ मार्च अर्थात् विश्व मिर्गौला दिवस । स्वस्थ मिर्गौला सबैकाे लागि सबै ठाउँमा भन्ने नारा सहित नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ । दिवसकाे कुरा गरिरहँदा यस राेगकाे अवस्था र कसरी बच्न सकिन्छ भन्ने विषयमा तपाईलाई हामी जानकारी दिन्छाै ।

नेपालमा वर्षेनी ३ हजार जनाकाे मिर्गौला फेल हुन्छ । करीब ३० लाख मानिस मृर्गाैला सम्बन्धी कुनै न कुनै राेगबाट प्रभावित रहेकाे अनाैपचारिक तथ्यांक समेत छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्याराेपण केन्द्र भक्तपुरमा दैनिक सय बढीकाे डायलासिस र हप्तामा ८ जनाकाे मिर्गौला प्रत्याराेपण हुन्छ । यसबाट पनि यसकाे बढ्दाे जाेखिम बारे थाहा पाउन सक्छाै ।

अस्वस्थकर जीवनशैली र दीर्घ राेगका कारण नेपालमा पनि मृर्गाैला राेगकाे जाेखिम बढ्दाे रहेकाे केन्द्रका कार्यकारी निर्देशक एवं मृगाैला राेग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले बताए । मधुमेह, उच्च रक्तचाप, दुखाइ कम गर्ने ओषधिकाे प्रयाेगले मृर्गाैला खराब हुने सम्भावना बढी हुने अर्का मृर्गाैला राेग विशेषज्ञ डा. विष्णु पहारी बताउँछन् ।

मृर्गाैलाले पिसाब बनाउने, रक्तचापलाई नियन्त्रित राख्ने, शरीरमा भएका पानीका तत्वलाई सन्तुलित राख्नुका साथै रगतको मात्रा बढाउने, हर्मोन निकाल्ने लगायत काम गर्छ । तर मृर्गाैला खराब भइसकेपछि तत्काल यसको लक्षण थाहा हुँदैन । त्यसैले यसका बिरामी अन्तिम अवस्था अर्थात् डायलासिस गर्ने बेलामा मात्र अस्पताल पुग्ने पहारीले बताए । पिसाबकाे रङमा परिवर्तन आउनु, आँखाकाे डिल सुन्निनु, थकाइ लाग्नु लगायत यसका सामान्य लक्षण भएपनि करीब ७० प्रतिशत मृर्गाैला खराब भइसकेपछि मात्र लक्षण देखापर्न थाल्ने उनले बताए । त्यसैले वर्षमा एक पटक मृर्गाैलाकाे परीक्षण गराउनु नै यसकाे बच्ने उपाय हाे ।

मृगाैला खराबी हुने कारण
– मधुमेह
– उच्च रक्तचाप
– पत्थरी
– वंशाणुगत
– दुखाई कम गर्ने औषधिको प्रयोग
– मोटोपना लगायत

लक्षणहरु
– पिसाबको रङमा परिवर्तन आउनु
– आँखाको डिल सुन्निनु
– खानामा रुची घट्दै जानु
–. दुब्लाउ“दै जानु
– दुवै तर्फका कोखाहरु दुख्नु
– थकाइ लाग्नु
– सास फेर्न गाह्रो हुनु आदि ।

मृगाैला स्वस्थ राख्ने उपाय
मृगाैला रोगबाट बच्न स्वास्थ्यको ख्याल गर्नु नै सबैभन्दा उत्तम हो । मधुमेह, उच्च रक्तचाप, धुम्रपान गर्ने तथा ५० वर्ष उमेर नाघिसकेका व्यक्तिले नियमित रुपमा परीक्षण गरे मृगाैला सम्बन्धी रोगबाट बच्न सकिन्छ। रोगको यकिन गर्न पिशाब र रगतको जाँच गर्न सकिन्छ । कुनै पनि बिरामीले चिकित्सकको सल्लाह बिना दुखाई कम गर्ने औषधीको प्रयोग नगर्न चिकित्सककाे सुझाव छ ।

Loading...