बालविवाह गराउने सम्धीहरु पक्राउ

मुख्य समाचार समाज

वीरेन्द्रनगर, २९ फागुन, प्रहरीले बालविवाह गराउने दुलाहा र दुलहीका बाबु (सम्धी) हरुलाई पक्राउ गरेको छ । आइतबार पक्राउ परेका उनीहरुलाई बालविवाह अन्र्तगतको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीका अनुसार बराहताल गाउँपालिका–१० का ४७ वर्षीय जीतबहादुर सिंजाली र ४६ वर्षीय गंगाराम खत्रीलाई पक्राउ परिएको हो ।

पक्राउ परेका सिंजालीले १४ वर्षीय छोराको विवाह सोही ठाउँकी १८ वर्षीया बालिकासँग गराउँदै थिए । स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले बालविवाह रोकेर बालक र बालिकाका बुवालाई पक्राउ गरेको छ ।

प्रहरीले पछिल्लो दुई महिनाको अवधिमा यो ठाउँमा हुँदै गरेको पाँच वटा बालविवाह रोकेको छ । सम्झाउँदा पनि बालविवाहका घटना नरोकिएपछि बालक र बालिकाका बुवालाई पक्राउ गरेर मुद्दा चलाइएको डिएसपी क्षेत्रीले जानकारी दिए ।

Loading...