उपकुलपति डा. रौनियारलाई कारबाहीका लागि अख्तियारमा सिफारिश

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, २९ फागुन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारलाई कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ । उपकुलपति रौनियारले गरेका अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि आयोगमा सिफारिस गरेको हो ।

सरकारले गठन गरेका दुइवटा समितिको छानविन प्रतिवदेनका आधारमा उपप्रधान मन्त्रीस्तरबाट निर्णय गरी अख्तियारमा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । उपप्रधान मन्त्रीस्तरबाट मंगलवार गरिएको निर्णय अनुसार आज कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको हो । अनियमितता तथा घोटालाका सम्बन्धमा प्रतिष्ठानका उपकुलपतिले सम्पादन गरेका अनियमित कार्यहरुको छानविन प्रतिवेदन समेत पेश गरिएको छ ।

Loading...