जनप्रतिनिधिका डोजरमा आगो लगाउन वाइसियल अध्यक्षको निर्देशन

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौं, २९ फागुन, पूर्वमाओवादी केन्द्रको भातृ संगठन वाइसियलका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखाले जनप्रतिनिधका डोजरमा आगो लगाउन निर्देशन दिएका छन् । उनले आफ्नो कर्तब्य छोडी कोहि जनप्रतिनिधि डोजर खरिद बिक्रीमा रहेको पाइए उनीहरुका डोजरमा आगो लगाउन वाइसियललाई निर्देशन दिएका हुन् ।

बाँकेको खजुरमा आयोजित शहिद तथा बेपत्ता परिबार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले जनता भन्दा कोहि प्रतिनिधि बाहिर जान्छ भने उसलाई जनतामाझ फर्काउन जस्तोसुकै कदम चाल्न युवाहरु पछि नपर्ने बताए । उनले जनताका समस्या सामाधान गर्न छोडी कोहि जनप्रतिनिधि डोजर लिएर ठेक्का पट्टामा लागेको भए वाइसियलले सीधै आगो लगाउने बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका अध्यक्ष सापकोटाले मुलुक परिर्वतनका लागि शहीद तथा बेपत्ता यौद्धाहरूको बलिदानल उल्लेख्य रहेको भन्दै आफूहरुले सधैं शहीहरुको बाटो अनुशरण गरिरहने बताए ।

Loading...