धादिङबाट ठूलो परिमाणमा चरेशसहित तीनजना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

धादिङ, २६ फागुन, प्रहरीले धादिङको गजुरीबाट एक सय पाँच किलो अबैध लागू औषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । चरेश ओसार पोसारमा संलग्न रहेको आशंकामा तीन जना र भाडाको बस पनि नियन्त्रणमा लिएको छ । धादिङको गजुरी हुंदै वीरगन्ज तर्फ जादै गरेको चेन्नई एक्सप्रेसको ना ५ ख २८१२ नम्बरको बस आईतबार बिहान चेकजाँचका क्रममा प्रहरीले चरेश फेलापारेको हो ।

वीरगन्जबाट काठमाण्डौं तर्फ जाँदै गरेको सो बस गजुरीबजार पार गरेर केही माथि पुगी फर्काएर पुन वीरगन्जतर्फ जान लागेको देखेपछि शंका लागेर बसमा चेक जाँच गर्दा चरेश फेलापरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) राजकुमार बैैदवारले जानकारी दिए । ‘आइतबार बिहान गजुरीबजारमा रोकी चेक जाँच गर्ने क्रममा ५ वटा बोरामा प्याक गरी ल्याएको अवस्था चरेश फेला पारेका हौँ’ एसपी बैदवारले भने, ‘ग्रामीण भेगबाट ठुलो परिणामको चरेश बिक्रीका लागि लैजाने तयारी भईरहेको पूर्व सूचनाको आधारमा हामीले प्रहरी खटाएका छौँ ।’

प्रहरीले चरेश ओसारपसारमा संलग्न रहेको आशंकामा बसका चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का ४५ वर्षीय लालबहादुर शाह, सहचालक बारा जिल्ला करैयामाई गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय अनिल चौधरी र विवाहको लागि भन्दै बस रिजर्भमा लिएर आएका पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय श्रीराम साह कानूलाई पक्राउ गरेको छ ।

Loading...