पौराणिक दस्तावेज विदेशी पुस्तकालयमा खोज्ने दिन नआओस् : रक्षामन्त्री पोखरेल

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

केशवराज भण्डारी, झापा, २६ फागुन, नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पूर्वको पशुपतिनाथको नामले प्रशिद्ध अर्जुनधारा जलेश्वर धामकोे दीर्घकालिन विकासका लागि गुरुयोजना तयारी गरेँ आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धाम समितिले आयोजना गरेको एक कार्यक्रमबीच उपप्रधानमन्त्री पोखरेलले सयौं वर्ष टिक्ने व्यवस्थित गुरुयोजना बनाउन आग्रह गरे ।

राजनीतिक दलले मान्छेलाई विभाजन गर्छ तर धामको विकासका लागि एकताबद्ध कार्यसमिति हुनु खुसीको कुरा भएको बताउँर्दै मन्त्री पोखरेलले गुरुयोजना तयार गर्दा त्यसको मर्म, विज्ञता र जानकारी राख्ने सम्मिलित हुनु पर्नेमा सुझाव दिएका छन् । दीर्घकालिन गुरुयोजनाको कार्यान्वयन सहजता ल्याउन सबैभन्दा जनता बलशाली भएकाले जनताको साथ समर्थन अनिवार्य भए त्यसले विकासको जग दह्रो हुने उनको भनाई छ ।

आफूले देखेको कुरा मन्त्री परिषदमा उठाउने इशारा व्यक्त गर्दै पोखरेलले भने– ‘प्रधानमन्त्री पनि झापाकै भएकाले प्रकृया पुर्याएर ल्याएको चिज पूरा हुन्छ ।’ त्यसका लागि चाँडै धाम समितिलाई गुरुयोजना ल्याउन आग्रह गरे ।

यहाँको स्थानीय सरकार अर्जुनधारा नगरपालिका मार्फत संघीय सरकारसम्म कोरीबाटी गरी शुद्ध गुरुयोजना ल्याए धाम समितिको विकास योजना पूरा हुने दाबी गरेका छन् । मन्त्री पोखरेलले सुरक्षा निकायको विषय औपचारिक ढङ्गले स्थानीय सरकारले गरेँ त्यो पूरा हुने बताउँदै आफूले पनि त्यसका लागि सहयोग गर्ने बताए ।

नेपालमा विकास हुने तर ती चिहरुको सुरक्षा नहुने खतरा रहेको जनाउँदै मन्त्री पोखरेलले जनता सचेत भई व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने– ‘सन्धी, सम्झौताका कागजात यहाँ छैनन् तर विदेशी पुस्तकालय र म्युजियममा हुने अवस्था छ ।’ पुर्खाहरुले हजारौ वर्ष बनाएका चिजहरु यहाँ नहुने विदेशी म्युजियमा रहने परिदृश्य देखिएकाले जनता त्यसको व्यवस्थापनमा लाग्नुपर्नेमा उनको जोड थियो ।

धाम समितिका अध्यक्ष नवीन घट्टानीले मन्त्री पोखरेलको सल्लाह, सुझावलाई प्रक्रियागत ढङ्गले अगाडि बढाउने बताएका छन् । उनले मोक्षेश्वर शिवलिङ्ग, ऋषिमुनि प्रकृतिको गुरुकुल, मन्दिर निर्माणसहित आयुर्वेद चिकित्सालय बनाउने भावी योजनासमेत पेश गरेका थिए ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना, धाम समितिका अध्यक्ष नवीन घट्टानी, वडा नं.–१० अध्यक्ष बलदेव गोम्देन, योजना अधिकृत हिमराज सेडाई, वडा–४ अध्यक्ष दुर्गा दाहाल, वडा–७ का अध्यक्ष नवराम ढुङ्गाना, वडा–८ अध्यक्ष गोपिचन्द्र गौतम, वडा–१ अध्यक्ष गजाधर खतिवडा, युवा संघ नेपाल प्रदेश कमिटी सदस्य गजेन्द्र खनाल लगायतले जलेश्वर धाममा मन्त्री पोखरेलाई स्वागत गरेका थिए । कार्यक्रम धाम समितिकी सदस्य अम्बिका खतिवडाले सञ्चालन गरेकी थिइन् ।

Loading...