पुष्पकला बनिन् ‘मिसेस स्टेट वान’

मनोरञ्जन मुख्य समाचार

धरान, २५ फागुन, विवाहित तथा गृहिणी महिलाहरुको प्रतिभा प्रस्तुत गर्ने अवसरको रुपमा आयोजित ‘मिसेस स्टेट वान’ सिजन २ को उपाधि धरान १५ की पुष्पकला फोम्बोले जितेकी छिन् । शुक्रबार राती धरान सभागृहमा सम्पन्न प्रतियोगिताका अन्य १५ प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दै फोम्बोले मिसेस स्टेट सिजन २ को उपाधि जितेकी हुन् ।

फोम्बोले उपाधिको ताजसँगै नगद एक लाख हात पारिन् भने मिसेस फोटोजेनिक टाइटल पनि जितेकी थिइन् । उनलाई पहिलो संस्करणकी विजेता सम्झनना घतानीले ताज पहिराइदिइन् । प्रतियोगितामा फष्ट रनरअप इटहरीकी ज्योति झा भइन् भने सेकेण्ड रनरअप धरानकी रोशनी राई घोषित भइन् । ज्योतिले नगद ५० हजार र रोशनीले नगद २५ हजार रुपैयासँगै ताज पहिरिइन् । यस्तै, झाले मिसेस बेष्ट ड्रेस र बिउटिफुलको टाइटल पनि जितेकी छिन् । राईले मिसेस बेष्ट हस्पिटालीटीको पनि टाइटल जितिन् ।

प्रतियोगितामा बेष्ट क्याटवाकको टाइटल क्युसा राईले जितिन् भने बेष्ट फ्रेण्डसिप सोनु राई, बेष्ट स्माइल मन्दिरा भुजेल, बेष्ट पर्सनालिटी सरला लकान्द्री, बेष्ट डिसिप्लीन नम्रता तामाङले जितिन् । यस्तै, बेष्ट पोलाइट सरस्वती सुयल, बेष्ट ट्यालेन्ट पुजा आङदेम्बेले जितिन् । नगद ५ हजारसहितको मिसेस भ्युअर च्वाइसको पुरस्कार नम्रता तामाङले जितिन् ।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि एवम् धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदी, मुख्य निर्णायक मिस नेपाल २०१३ की ईसानी श्रेष्ठ, आयोजक वुमन वर्थ ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठ, कोषाध्यक्ष रोजी ताम्राकारलगायतले वितरण गरेका थिए । प्रतियोगितामा मुख्य निर्णायक मिस नेपाल २०१३ श्रेष्ठसँगै महेन्द्र बहुमुखी क्याम्पसका लेक्चर किशोर थुलङ, संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्री, नेपाली सेनाका मेजर अभिषेक सिंहलगायत रहेका थिए ।

Loading...