लुम्बिनी भ्रमण वर्ष मनाइने

पर्यटन मुख्य समाचार

बुटवल, २४ फागुन, प्रदेश नं ५ प्रदेश सरकारले लुुम्बिनी भ्रमण वर्ष २०७६ विशेष कार्यक्रम गरी मनाउने भएको छ । बुधबार बसेको प्रदेशको मन्त्रीपरिषद बैठकले लुुम्बिनी भ्रमण वर्ष २०७६ विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । बैठकले लुम्बिनी भ्रमण वर्ष सम्पन्न गर्न १९ करोड ४ करोड १९ लाख ६० हजार रुपयाँ छुट्याउने निर्णय गरेको छ ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरे पनि बजेट बिनियोजन नभएकोले मन्त्रीपरिषदले निर्णय गरेर त्यसकालागि बजेट समेत व्यवस्था गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले मुुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा कपिलबस्तुको यशोधरा गाउँपालिकालाई समेत समेट्ने निर्णय गरेको छ भने भूमिहीन किसानकालागि करार खेती अनुदान कार्यविधि पारित गर्दै सो निर्णय गरेको मन्त्री चौधरीले जानकारी दिए । बैठकले प्रदेश नं ५ प्रदेश सेवाका कर्मचारी व्यवस्थापन कार्यविधि समेत पारित गरेको छ ।