महिला हिंसा विरुद्धका कानून कार्यान्वयन हुन सकेनन् : राष्ट्रपति

मुख्य समाचार राजनीति

काठमाडौँ, २४ फागुन, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले महिला हिंसा विरुद्धका कानून बनाएपनि कार्यान्वयन हुन नसकेकाे बताएकी छिन् । १ सय ९ नाै अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा राष्ट्रिय सभामा आयाेजित कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधानले महिला हिंसा विरुद्ध तथा समानताका हक अधिकारकाे व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेकाे बताइन् । तर शिक्षा अनि चेतनाकाे माध्यमबाट यसलाई व्यवहारमा लागू गर्न आवश्यक रहेकाे उनकाे भनाई छ ।

छाउपडी कानूनमा निषेध गरिए पनि अन्धविश्वासका कारण हट्न नसकेकाेमा उनकाे असन्तुष्टी छ । हाल प्राप्त उपलब्धीलाई संस्थागत गर्न संरचनागत सुधारकाे आवश्यक रहेकाे उनकाे भनाई छ । महिलालाई आरक्षण नभइ महिला र पुरुषबीच समान सहभागिताकाे व्यवस्था गरिनुपर्नेमा उनकाे जाेड थियाे । महिला र पुरुषबीच समान सहभागिताकाे व्यवस्था नगरे आगामी दिनमा आरक्षणकै भरमा मात्र महिला अघि बढ्नुपर्ने बाध्यता हुने उनले बताइन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले राज्यका निकायमा महिलाहरुकाे पहुँच बढाउन आवश्यक रहेकाेमा जाेड दिइन् । समानताकाे कुरा नारामा मात्र सीमित नराखी व्यवहारमा पनि कार्यान्वयन गर्नुपर्ने नागरिक अगुवा दुर्गा घिमिरले बताइन् ।