मुगुका स्थानीय निकायले विकास बजेट खर्च गर्नै सकेनन्

प्रदेश मुख्य समाचार

मुगु, २३ फागुन, जिल्लाका चारवटै स्थानीय निकायको चालु आर्थिक वर्ष २०७५।०७६ को विकास बजेट खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो चौंमासिकको अन्त्यसम्म आई पुग्दा स्थानीय निकायको विकास बजेट खर्च विवरण हेर्दा निराशाजनक देखिएको हो ।

छायानाथ रारा नगरपालिकाको पुँजिगत खर्च हेर्दा दोस्रो चौमासिकसम्म १५ वटा योजनाको मात्र सम्झौता भएको देखिएको छ । कुल २ सय २ योजनाहरु मध्य १५ वटा योजनाको सम्झौता भएको र जस मध्य ८ योजनाको पेश्की रकम गएको छायानाथ रारा नगरपालिकाका योजना शाखा प्रमुख केशरबहादुर रावलले जानकारी दिए । पुँजिगत खर्च तर्फ कुल १७ करोड ६४ लाख मध्य हालसम्म पाँच प्रतिशत बजेट पनि खर्च भएको छैन ।

त्यस्तै सोरु गाउँपालिकामा पनि चालु आर्थिक वर्षको माघ मसान्तसम्म विकास खर्च तर्फ अत्याधिक रुपमा योजना देखाए पनि काम भने सुन्य देखिएको छ । कुल १ सय ७९ योजनाहरु मध्य १९ वटा योजनाको सम्झौता भई पेश्की रकम गएको छ भने बाँकी योजनाहरुको सम्झौता समेत हुन सकेको छैन ।

गाउँपालिकाको वित्तिय समानिकरण, राजश्व बाँडफाँड, सशर्त अनुदान, सामाजिक सुरक्षा, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, गरिवसंग विश्वेश्वर, युनिसेफको कार्यक्रम तर्फ कुल १५ करोड ९० लाख ८१ ह्जार १ सय ५५ मध्य १३ करोड २ लाख ७८ हजार ९ सय ७६ रुपैयाँ खर्च भई सकेको गाउँपालिकाले जनाएको छ ।

यी शीर्षकहरुको बजेट माघ मसान्तसम्म खर्च भएको देखाइए पनि चालु आर्थिक वर्षको माघ मसान्तसम्मको सशर्त अनुदान तर्फको कुल ७ करोड ३५ लाख २० हजार ६ सय ५० मध्य ४ करोड १८ लाख ३२ हजार ५ सय ५८ रुपैयाँ खर्च भई सकेको देखिएको छ भने ३ करोड १६ लाख ८८ हजार ९२ रुपैयाँ खर्च हुन बाँकी रहेको छ ।

यता मुगुम कार्मारोङ गाउँपालिकामा चालु आर्थिक वर्षमा कुल ४० वटा योजना मध्ये २० वटा योजनाको सम्झौता भई सकेका छन् भने २० वटा योजना सम्झौता हुन सकेका छैनन् । यो गाउँपालिकामा जाडो समयमा बसाई सर्ने अत्याधिक हिमपात हुने भएकाले अहिलेसम्म पचास प्रतिशत योजनाको मात्र सम्झौता भएको र विकास बजेट खर्च पनि कम देखिएको मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास रिजालले जानकारी दिए ।

त्यस्तै खत्याड गाउँपालिकामा कुल १ सय ९९ योजना मध्ये १ सय ५३ योजनाको सम्झौता भई पेश्की रकम गएको र ४६ योजनाको सम्झौता हुन बाँकी रहेको देखिए पनि कुल बजेटको विवरण भने थाहा नभएको खत्याड गाउँपालिकाका ईन्जिनियर धनबहादुर थापाले जनाए ।

Loading...