नेपाल र बंगलादेशबीच दोहोरो कर अन्त्य गर्ने सम्झौता

आजको बजार मुख्य समाचार

काठमाडौँ, २१ फागुन, नेपाल र बंगलादेश सरकारबीच दोहोरो करमुक्तिसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट राजश्व सचिव लालशंकर घिमिरे र बङलादेशका तर्फबाट अर्थ मन्त्रालयका सिनियर सचिव मोसहरफ हुसैन भुईयानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

साथै अर्थमन्त्री डा. युवराज खतिवडासँग बंगलादेशका हुसैन र नेपालस्थित बंगलादेशकी राजदूत मसेफ बिन्टे सामले भेटवार्ता गरेका छन् । सम्झौता कार्यक्रममा मन्त्री खतिवडा र राजदूत साम समेत उपस्थिति थिए ।