पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा रसियन नागरिकको मृत्यु

पर्यटन मुख्य समाचार

पोखरा, २१ फागुन, पर्यटकीय नगरी पोखरामा मंगलबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ । मंगलबार मध्यान्ह १२ बजेर ५ मिनेटमा सराङकोटबाट उडेका डिभिडभील स्पाइसिनको दुर्घटनामा परेर ज्यान गएको हो ।

मृत्यु हुने रसियन पर्यटक ४२ वर्षीय डिभिडभील स्पाइसिन रहेका वडा प्रहरी कार्यालय बैदामले पुष्टि गरेको छ । दुर्घटनामा परेका उनलाई उपचारका लागि पोखरास्थित मेट्रो सिटी अस्पतालमा पुर्‍याइएको थियो ।

तस्विर: फायल/सांकेतिक

Loading...