एसियाडमा क्रिकेट खेल पनि समावेश हुने

खेलकुद मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २१ फागुन, एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा क्रिकेट खेलले पुनः प्रवेश पाएको छ । ओलम्पिक काउन्सिल एसिया (ओसिए) को सोमबार बैंककमा सम्पन्न बैठकले सन् २०२२ को एसियाडमा क्रिकेट खेल समावेश गर्ने निर्णय गरेको हो ।

सन् २०२२ मा चीनको हान्जाउमा १९ औँ एसियन खेलकुदको आयोजना हुँदैछ । सो खेल टी–२० फर्म्याटमा हुने ओसिएले जनाएको छ । सन् २०१२ को एसियाडमा पहिलो पटक क्रिकेट खेल समावेश गरिएको थियो । त्यसबेला पनि चीनले नै एसियाडको आयोजना गरेको थियो । यसैगरी सन् २०१४ को इन्चोन एसियाडमा समेत क्रिकेटले निरन्तरता पाएको थियो तर सन् २०१८ को एसियाडमा आयोजक राष्ट्र इन्डोनेसियाले हटाएको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले पनि सन् २०२८ को लस एन्जलसमा आयोजना हुने ओलम्पिकमा पनि क्रिकेट खेल समावेश गराउने तयारी भइरहेको जनाएको छ ।

Loading...