फ्युचर स्टार स्कुलमा ककनि मेला

मुख्य समाचार शिक्षा

काठमाडौँ, २१ फागुन, कथा, कविता र निबन्ध (ककनि) प्रशिक्षण एवम् प्रतियोगिता साहित्यिक मेलाको रुपमा काठमाडौँको छाउनी स्थित फ्युचर स्टार इङ्लिश सेकेन्डरी स्कुलको संयोजनमा भव्यरुपमा सम्पन्न भएको छ । नेशनल प्याब्सनको छाता संगठन स्कुल्स फोरम नेपाल, काठमाठौँद्वारा शिवरात्रीको दिन सो कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रम नेशनल प्यबसन, केन्द्रीय समितिका उपाध्यक्ष प्रवोध प्रभाकर रिजालको प्रमुख आतिथ्यता एवम् विद्यालयका प्रधानाध्यापक मनोज कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्कुल्स फोरम नेपाल अन्तर्गतका विभिन्न विद्यालयका करिब एकसय विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा त्रि.वि. का प्राध्यापक डा. राजन प्रसाद पोख्रेल, उप–प्राध्यापक डा. धनप्रसाद सुवेदी र उप– प्राध्यापक विष्णु ज्ञवालीले प्रशिक्षण र निर्णायकको भूमिका निभाएका थिए ।

ककनि प्रतियोगिता अन्तर्गत कविता विधामा डल्लुस्थित दिब्यज्ञान इङलिस बोर्डिङ स्कुलका मनिक डल्लाकोटी प्रथम भए । यसैगरी गोङबुस्थित कान्तिपुर ईङ्लिश एकेडेमीका अनुप गुरागाई द्वीतिय तथा नयाँबजारस्थित काठमाडौँ मोडेल स्कुलका असिम बोगटी तृतीय भएका थिए ।

कथा लेखन विधा अन्तर्गत कान्तिपुर ईङ्लिश एकेडेमीकी सलिना बुढाथोकी प्रथम, नयाँबजारस्थित अक्सफोर्ड मा. वि. की सदीक्षा अमगाई द्वीतिय तथा चमतीस्थित आस्था विद्या मन्दिरकी आर्या श्रेष्ठ तृतीय भएका थिए ।

त्यसैगरी निबन्ध विधा अन्तर्गत अक्सफोर्ड मा.वि. का मनिषा रेग्मी प्रथम, डल्लुस्थित त्रिरत्न आवसिय मा.वि. का प्रवीन केसी द्वीतिय तथा बिजेश्वरीस्थित लिटिल बुद्धज एकेडेमीका कुसुम राई तृतीय भएका थिए ।

उक्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई मेडल र प्रमाणपतद्वारा सम्मान गरिएको थियो भने सम्पूर्ण सहभागी विद्यार्थी, सफल विद्यालय एवम् सहभागी विद्यालयलाई कदरपत्रको ब्यवस्था गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रवोध प्रभाकर रिजालले आफ्नो मन्तब्यमा विद्यार्थी भाइबहिनीहरुलार्इ असलता नै सफलताको चाबी रहेको र असफल भए पनि अवसरको लागि धैर्यता आवश्यक रहेको बताए ।

त्यसैगरी कार्यक्रमका प्रशिक्षकहरुले सबै भाइबहिनीहरुमा प्रवल र प्रचुर सम्भावना रहेको बताउँदै निरन्तर अभ्यासको लागि प्रोत्साहन दिए ।

Loading...