लालापट्टीमा पहिलोपटक अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

खेलकुद मुख्य समाचार

कृष्ण मण्डल, राजविराज (सप्तरी), महाशिवरात्रीकाे अवसर र गाउँबासीकाे सहयोगमा छिन्नमस्ता गाउँपालिका ४ स्थित बाबा लालेश्वरनाथ महादेव मन्दिर प्राङ्गणमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने भएकाे छ ।

यहि फाल्गुन २२, २३ र २४ गते (दिउँसो १२ बजे देखि ०५ बजे सम्म) हुन लागेको उक्त प्रतियोगितामा भारतकाे दिल्ली, हरियणा, पञ्जाब, लुदियाना र नेपालकाे काठमाडौ, वीरगञ्ज लगायतको विभिन्न स्थानको चर्चित खेलाडीको सहभागीता रहने आयाेजक समितिका तेजनरायण यादवले जानकारी गराएका छन् ।

आजदेखि सुरु भएकाे महाशिवरात्री महाेत्सवमा रुद्रा अभिषेक, अन्तर विद्यालाय स्तरीय सांस्कृतिक कार्यक्रम र रात्री जागरणसहितका कार्यक्रमहरु हुने आयोजकले बताएको छ ।

Loading...