पशुपतिमा बाबाहरूका अनेक रूप (फोटो फिचर)

फोटो फिचर मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २० फागुन, आज महाशिवरात्री पर्व अर्थात् फागुन कृष्ण पक्ष त्रयोदशीको रातलाई शिवरात्री भनिन्छ । आज शिव उपासकहरुले शिवको पूजा, आराधना गर्ने गर्दछन् । शिवलाई सृष्टिका घोतक र धर्मको रक्षकको रुपमा पुज्दछन् ।

हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्येको एक ईश्वरको रुप हो । वेदमा यिनको नाम रुद्र भनिएको छ । हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्टीकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालनकर्ता र शिव यो संसारका संहारकर्ता हुन् । शिवको प्रतीकका रुपमा शिवलिंगको पूजा गर्ने गरिन्छ ।

यिनै शिवजीको महानतालाई स्मरण गर्दै आज महाशिवरात्री पर्व मनाइँदै छ । आजको दिन शिव मन्दिरहरुमा विशेष मेला तथा पूजाको आयोजना हुन्छ ।

नेपालको पशुपतिनाथ विश्वमै एक प्रशिद्ध शिवमन्दिर हो । यहाँ देश–विदेशबाट भक्तजनहरु दर्शन गर्न आउँछन् । त्यसमध्ये यहाँ आउँने नागाबाबा (साधु) हरु विशेष आकर्षण हुन् । भारतको विभिन्न ठाउँबाट उनीहरु एकल वा समूह बनाएर यो अवसरमा नेपाल आउँछन् ।

नागाबाबा प्रायः निर्वस्त्र नै हुन्छन् तर कतिपयले कपडा पनि लागाउने गरेका छन् । उनीहरुको प्रमुख विशेषता भनेको नाङ्गै हिड्नु, गाँजा, भाङ, धतुरो खानु, जप, तप र ध्यान गर्नु हो ।

नागाबाबालाई शिवजीका सैनिकको रुपमा ब्याख्या गरिन्छ । जब धर्मको संकट पर्छ तब नागाबाबाहरु सैनिकको रुपमा उभिन्छन् भनिन्छ । उनीहरुले शिवजीलाई धार्मिक सहिष्णुता कायम गर्न सघाएकोले नै उनीहरु शिवभक्त बनेको र शिवलाई मनपर्ने आचरणमा बसेको बताइन्छ ।

पशुपतिमा आएका बाबाहरु अनेक रुपमा देखिएका छन् । कोही निर्वस्त्र छन् भने कोही लुगा लगाएरै बसेका छन् । कसैको हातमा गाँजाको सुल्फा छ भने मुखबाट धुँवा । अघिल्लो वर्षबाट गाँजा खान र बेचविखन गर्न सरकारले प्रतिबन्ध लागाएपछि यो वर्ष भने गाँजाको कम प्रयोग भएको देखिएको छ ।

तस्विर: आजको खबर

Loading...