पाँचौ राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता सुरु

मनोरञ्जन मुख्य समाचार

रुपन्देही, १९ फागुन, बुटवलमा आइतबारदेखि पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड प्रतियोगिता तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला समितिको सहआयोजनामा प्रतियोगिता सुरु भएको हो ।

कार्यक्रमको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले गीत गाएर शुभारम्भ गरे । बुटवल मण्डपमा सुरु भएको महोत्सव फॉगन २५ गतेसम्म चल्नेछ । यसअघि काठमाडौंमा मात्रै हुंदै आएको महोत्सव पहिलोपटक राजधानी बाहिर रुपन्देहीको बुटवलमा सुरु भएको हो ।

सो अवसरमा बोल्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले नेपाली लोक कला संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार खिमबहादुर हमाल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल रुपन्देही अध्यक्ष दीपक गरौजा, राष्ट्रिय कलाकार खुमन अधिकारी लगायतले बोल्दै कला संस्कृतिको संरक्षणमा जुट्नुपर्ने बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख २० हजार, तृतीय पुरस्कार ७० हजार, सान्त्वना पुरस्कार ३५ हजार र उत्कृष्ट गायिका÷गायिकालाई जनही १५—१५ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।

देशभरबाट जोसुकैले पनि दोहोरी प्रतियोगिताका लागि सहभागी हुन पाउने र अहिलेसम्म ५० समुहले नाम दर्ता गरेको आयोजकले जनाएको छ ।

तस्विर: साभार

Loading...