सकियो ‘वैदिक विज्ञान तथा आधुनिक विज्ञान’ महासम्मेलन

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १९ फागुन, नेपाल महर्षि वैदिक फाउण्डेशनको आयोजना गरेको वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलन आज समापन भएको छ । फागुन १७ गते शुक्रबार नेपाल प्रज्ञा-प्रतिष्ठानदेखि सुरु भएको महासम्मेलन आइतबार राष्ट्रिय सभागृहमा समापन भएको हो ।

महासम्मेलनको समापन अन्तरिम मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले गरेका हुन् । उनले महासम्मेलन समापन गर्दै यो विषयमा छुट्टै कलेज स्थापना गरेर अध्यापन गराउनु पर्ने सुझाव दिए । वैदिक तथ्य र सिद्धान्तको ठूलो महत्व रहेको दृष्टान्त दिँदै रेग्मीले वैदिक रहनसहन र ब्यवहारले विश्व शान्ति स्थापना हुने बताए ।

फाउन्डेसनका अध्यक्ष दीपक प्रकाश बाँस्कोटाले महासम्मेलन अत्यन्तै सफल र प्रभावकारी भएको बताउँदै यसका उपलब्धीलाई ५ वर्ष भित्र कार्यान्वयन गरिने बताए । ५ वर्षभित्र वैदिक कृषि, वैदिक गुरुकुल शिक्षा, वैदिक आयुर्वेद, वैदिक वास्तुआदि विषयको पूर्ण पालना गरिने उल्लेख गरे । महर्षि महाराजका १२ वटा सिद्धान्तलाई अनुशरण गर्नु पर्ने कुरामा पनि उनले जोड दिए ।

महासम्मेलनमा नेपालबाट प्रा।डा। ऋषिराम पोख्रेल, तिलकप्रसाद लुइँटेल, जगमान गुरुङ, प्रा।डा।विद्यानाथ कोइराला, कान्ता भट्टराई, प्रा।डा। कृष्णचन्द्र शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसै गरी विदेशबाट आएका महर्षि युनिभर्सिटी अफ म्यानेजमेन्टका पूर्वकुलपति डा। वेभेन मोरिस, महर्षि युनिभर्सिटी अफ म्यानेजमेन्टका कुलपति तथा क्वान्टम फिजिसिष्ट डा। जोन हेगलिन, महर्षि वैदिक विज्ञान विज्ञ डा। नील प्याटरसन, महर्षि वैदिक विज्ञान विज्ञ डा। जोन लुइस अल्भारेज, महर्षि धर्म तथा संस्कृति विज्ञ डा। क्रिष्टोफर क्रोवेल, वैदिक अर्ग्यानिक कृषि विज्ञ तथा मलिक्युलर वायोलोजिष्ट डा। जोन फेगन, महर्षि वास्तु विज्ञ डा। आइकी हर्टम्यान, वैदिक विज्ञान तथा वैदिक अर्ग्यानिक कृषि विज्ञ डा। जोन कानहाउस, महर्षि आयुर्वेद विज्ञ लोथार पियर्स, महर्षि युरोपिएन रिसर्च युनिभर्सिटीका निर्देशक डा। गिरिश मोमाया र नेपला महर्षि फाउन्डेशनका अन्तर्राष्ट्रिय निर्देशक डा। किंग्सले तथा लेस्ली ब्रुक्सले पनि आ(आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

यसैगरी जापानका पूर्वप्रधानमन्त्री योकिओ हातोयामा, पि।एच।डी।ले पनि भिडियो कन्फेरेन्समार्फत सहभागिता जनाएका थिए । कार्यक्रममा नेपालका वेद विज्ञ, संस्कृति विज्ञ, धार्मिक गुरुहरू तथा अन्य सरोकारवालाहरूको ठूलो उपस्थिति रहेको थियो ।