छिमेकीको भरपर्दा पोखरेल दम्पत्तीको उठिबास…!

मुख्य समाचार विषेश समाचार समाज

काठमाडौं, १९ फागुन, भरतपुर महानगरपालिका वडा नम्बर ११ का छत्र बहादुर पोखरेल र बेलमाया पोखरेलले आफूहरुलाई सोही स्थानका देवराज थपलियाले जालसाँझी गरेर ठगेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर पीडित दम्पत्ति पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

थपलियाले आफूहरुलाई कानुनी प्रक्रिया पुर्याएर सर्वस्वसहित उट्ठीबास लगाएको उनीहरुको गम्भीर आरोप छ । पीडित बेलमायाले भनिन्, ‘हामीले हाम्रै छिमेकीमाथि विश्वास र भरोसा गर्दा आज हाम्रो उठिबास भएको छ । राज्यले यसप्रति गम्भीर कदम चाल्नुपर्छ ।’ उनले आफूहरुलाई जसरी पनि न्याय दिलाउन सरकारसमक्ष हारगुहार गरिन् ।

उनले थपिन्, ‘छोरा भरत पोखरेलले मुद्दा हालेको बेला थपलियाले हामीलाई सहयोग गर्ने बहानामा ठगी गरे । तपाईंहरुलाई सहयोग गर्छु भाउजु भनेर भन्यो, तर उसको नियत सफा रैनछ ।’ ‘हामीलाई सुरुमा अपांगता भत्ता दिलाउनको लागि हस्ताक्षर लिइएको भएपनि पछि त आफूहरुलाई उठीबास लगाउन यस्तो प्रपञ्च रचिएको छ’–उनले भनिन्, ‘अहिले हामी कुखुराको खोरमा बसिरहेका छौं ।’

मुद्दा मामिला मिलाईदिन्छु भनेर निज थपलियाले आफूहरुसँग पटक पटक गरेर ५ लाख रुपैयाँ ठगी गरेको पनि उनले सुनाइन् । उनले भनिन्, ‘अदालतले पनि फोन रेकर्ड सुनेन । अहिले थपलियाले मलाई उल्टै ७ महिना जेलमा हालिदिन्छु भनेर धम्की दिएको छ ।’

पत्रकार सम्मेलनमा बोल्दै सामाजिक अध्यता ज्योतिलाल बनले अदालती फैसलाका आधारमा हुन पुगेको यस चरम अन्यायले कानुनी राज, मानव अधिकार, सामाजिक न्याय र मानवताको समेत खिल्ली उाडएकोे अनुभव सुनाए ।

उनले भने,’महानगरपालिकाको आँगनमा नै हुन पुगेकोे यस खुलेयाम डकैतीप्रति मनपाका प्रमुखलगायत कसैले पनि केही वास्ताव्यस्ता गरेको पाईँदैन ।’ छत्रबहादुर परिवारको जम्मा श्रीसम्पति १० धुर जग्गामा ईटाको गारो र जस्ताको छानो भएको २ कोठे घर, अनि एउटा भान्सा र अर्काे सामान्य राखनधरनमा प्रयोग गरिँदै आएकोसमेत गरी २ वटा छाप्रा मात्रै रहेको थियो ।’