विज्ञान, प्रविधि तथा नव–प्रवर्तन नीतिको मस्यौदा हस्तान्तरण

मुख्य समाचार शिक्षा

काठमाडौँ, १९ फागुन, राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति मस्यौंदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । मस्यौंदा बुझ्दै मन्त्री पोखरेलले विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्ने बताए ।

विज्ञानलाई आत्मसात गर्न सकेमात्र विकास हुने बताउँदै मन्त्री पोखरेलले भने, विज्ञान र प्रविधिलाई जीवन पद्धतिसँग जोड्नुपर्छ । विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो । सामाजिक, सांस्कृति रुपान्तरण र समृद्धिको निम्ति विज्ञान प्रविधि अनिवार्य आश्यकता भएको मन्त्री पोखरेलले बताए । मन्त्री पोखरेलले नेपाललाई एक समुन्नत, गतिशील र समृद्ध राष्ट्रको रुपमा स्थापित गर्न नव–पर्वतनको भूमिका महत्वपूर्ण रहने बताए ।

समय सापेक्ष राष्ट्रको आवश्यकता तथा क्षमतामा आधारित विज्ञान प्रविधि तथा नव–प्रर्वतन नीति, २०७५ तर्जुमा गर्न नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५÷०६÷०९ गते मन्त्रीस्तरीय निर्णय गरी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्रा.डा. दिनेशराज भुजुको संयोजकत्वमा ९ सदस्यीय मस्यौंदा समिति गठन गरेको थियो ।

Loading...