सरकारी चिकित्सकहरुको आन्दोलन स्थगित

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, १९ फागुन, आन्दोलनरत सरकारी चिकित्सकले आफ्नो विरोधका कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वासनपछि सरकारी चिकित्सक संघ गोदानले शनिवार अबेर राति विज्ञप्ति जारी गरी विरोधका कार्यक्रम स्थगित गरेको जनाएको हो ।

संघले उठाउँदै आएको मागको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार उनीहरुलाई बालुवाटारमा बोलाएका थिए । छलफलमा पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत उच्च अधिकारीहरुको सहभागिता थियो ।

सरकारी चिकित्सकको माग जायज भएको भन्दै प्रधानमन्त्री ओलीले विद्यमान व्यवस्था संसोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।