टुँडिखेलमा समवेदनाका आँशु (फोटो फिचर)

फोटो फिचर मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १७ फागुन, गत बुधबार ताप्लेजुङको पाथिभरा नजिक एयर डाइनेस्टीको विमान दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो । गृहमन्त्रालयका अनुसार खराब मौसमका कारण सो दुर्घटना भएको हो । दुर्घटनामा परेका सातैजनाको शव खराब मौसमका कारण उद्धार गर्न कठीन भयो । बुधबार साँझसम्ममा ४ जनाको मात्रै शव ताप्लेजुङको विमानस्थल सुकेटारसम्म ल्याउन सम्भवन भयो । अन्य ३ जनाको शवलाई बिहिबार बिहान संकलन गरी सुकेटार ल्याइयो र बिहीबार नै दिउँसो काठमाडौँ पठाईयो ।


श्रद्धान्जली व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी

बिहीबार काठमाडौँ आइपुगेका शवलाई पोष्टमार्टमपछि अन्तिम श्रद्धान्जलीकालागि दिउँसो ३ बजेदेखि टुँडिखेलमा राख्ने नेकपाले जनाएको थियो । तर पोष्टमार्टममा समय लाग्ने भएपछि उक्त शोक सभा स्थगित भयो । सम्पूर्ण परीक्षण पश्चात शुक्रबार बिहान ८ बजेदेखि शवलाई श्रद्धान्जलीको लागि टुँडिखेलमा राखिएको छ ।

श्रद्धान्जली व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, सोही प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको हो ।

श्रद्धान्जली व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

श्रद्धान्जलीका लागि टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उप-राष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सांसदहरु, विपक्षि दलका नेताहरु, लगायत अन्य नेता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । सभामा सहभागीहरु मलिन थिए भने सबैको आँखामा आँशु टिलपिलाएको थियो । कतिपयले त आफूलाई सम्हाल्नै सकेनन् र डाको छोडेर रोए । केहीले सुककुकाएर आफ्नो मनको पीर पखाले । सो सभामा उपस्थित हुने को चाहिँ रोएन भन्दा अझ सजिलो होला ।

श्रद्धान्जली दिएर फर्किंदै राष्ट्रिय सभाका सभामुख गणेश तिम्सिना पछाडि एमालेका नेता तथा मन्त्री

हुन पनि बहालवाला मन्त्री, उर्जावान नेता र देश र जनताले अपेक्षा गरेका मध्ये एक व्यक्ति रवीन्द्र अधिकारी त्यस्तो अकल्पनिय दुर्घटनामा परेर अस्ताए । यो सबै नेपालीकालागि दुःखको क्षण हो । यसैगरी व्यवसायमा नाम कमाएका, सेवामा प्रतिष्ठा बचाएका अन्य व्यक्तित्वहरुको सम्मानमा पनि ती आँशु बगेका थिए ।

श्रद्धान्जली ब्यक्त गर्दै गृहमन्त्री रामबहादुर थापासहित अन्य मन्त्रीहरू

श्रद्धान्जली ब्यक्त गर्दै मन्त्रीहरू
श्रद्धान्जली व्यक्त गर्दै नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसी

भावविहल मृतकका आफन्त
भावविहल मृतकका आफन्त
टुँडिखेलमा अन्तिम श्रद्धान्जलीका लागि राखिएका शव
Loading...