टुँडिखेलमा आज गर्ने भनिएको श्रद्धान्जली सभा स्थगित

पर्यटन मुख्य समाचार

काठमाडौँ, १६ फागुन, ताप्लेजुङ हेलिकाप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव अन्तिम श्रद्धान्जलीका लागि आज टुँडिखेलमा राखिने कार्यक्रम स्थगित भएको छ । आज दिउँसो मात्रै शव काठमाडौँ आइपुगेकाले पोष्टमार्टमका लागि समय लाग्ने भएपछि श्रद्धान्जली सभा स्थगित भएको हो ।

नेकपाले आज दिउँसो ३ बजेबाट टुँडिखेलमा श्रद्धान्जली व्यक्त गरिने कार्यक्रम तय गरेको थियो । चिकित्सकहरुले पोष्टमार्टमका लागि अझै ४/५ घण्टा लाग्ने जनाएपछि यता सभा स्थगित भएको हो । शव भोली बिहान ८ बजेबाट टुँडिखेलमा राखिने बताइएको छ ।

Loading...