मन्त्री अधिकारीसहित सातैजनाको शव काठमाडौँ ल्याइयो

पर्यटन मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १६ फागुन, हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत सातवटै शवलाई आज मौसम खुलेपछि काठमाडौं ल्याइएको हो ।

खराब मौसमका कारण बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको मात्रै शव ल्याउन सकिएको थियो । थप तीन जनाको शव बिहान उठाई दिउँसो काठमाडौँ ल्याइएको हो ।

शव परीक्षणकोलागि अहिले त्रि.वि. शिक्षण अस्पताल लगिएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै शव पहिचान भएको प्रहरीले जनाएको छ । अन्य पाँच जनाको शवको डिएनए गर्न सकिने जनाइएको छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा नै गरिने भएको छ । सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने जनाएको छ ।

Loading...