हेलिकप्टर दुर्घटनाप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

मुख्य समाचार राजनीति

काठमाडौँ, १५ फागुन, ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेप्रति दु:ख व्यक्त गरेका हुन् ।

विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य रहेको देउवाको भनाई छ ।

देउवाले भनेका छन्, ुउहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।ु

उनले अगाडि भनेका छन्, ुयति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर के।सी। र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको छ ।ु

देउवाले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाओस् भन्ने आग्रह पनि गरेका छन् ।