मन्त्री रवीन्द्र अधिकारीका अन्तिम तस्विरहरू

फोटो फिचर मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १५ फागुन, तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अवलोकन गर्न पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सो कार्यक्रम अन्तिम बन्यो । बिहान कार्यक्रम सकेर खाना खाएर ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किंदै गर्दा मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा पर्यो र उनको निधन भयो . उनीसहित अन्य ६ जनाले पनि त्यहाँ ज्यान गुमाउन पुगे ।

अवतरण गर्ने क्रममा मन्त्री अधिकारी चढेको हेलिकप्टर

मन्त्री अधिकारीले चुहानडाँडामा पुगेर कार्यक्रमलाई सम्बोधन गरे । उनले चुहानडाँडामा नयाँ विमानस्थल बनाउने र जसकालागि आवश्यक कामहरू अघि बढाउने उल्लेख गरे । स्थानीयलाई उनको उर्जाले उत्साह दियो तर आफ्नो इहलीला भने क्षणभरमै समाप्त भयो ।


मन्त्री अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर

मन्त्री अधिकारीको सो कार्यक्रम नै जीवनको अन्तिम कार्यक्रम बन्न पुग्यो । उनले त्यहाँ बोलेका, र गरेका क्रियाकलाप केही मिडियाकर्मी र स्थानीयहरूले खिचेका छन् । जसमध्ये हामीलाई प्राप्त केही तस्वीरहरू यस्ता छन् :


मन्त्री अधिकारीको स्वागत गर्दै

मन्त्री अधिकारी स्थानीयलाई अभिवादन गर्दै
मन्त्री अधिकारी कार्यक्रममा सहभागी हुँदै
मन्त्री अधिकारी कार्यक्रममा सहभागी हुँदै
मन्त्री अधिकारीसँग सेल्फी खिच्दै स्थानीय

तस्विरहरू: गोविन्द सुवेदी, अमृत बाँस्तोला र अन्य

Loading...