पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकप्टर दुर्घटना, सातैजनाको निधन

पर्यटन मुख्य समाचार

काठमाडौँ, १५ फागुन, बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको छ । ताप्लेजुंग जिल्ला, फुङ्लिङ न.पा १० फुरुङ्गे सिस्नेखोला नजिकैको तारेढुंगा भीरमामा हेलिकप्टर दुर्घटनामा परेको हो ।

संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीले दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको पुष्टि गरे । ‘घटनास्थलमा सबै सातजनाको शव भेटिएको छ’, उनले भने, ‘दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।’

क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित ६ जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ लागेको थियो ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद शेरचन र अर्का एकजना सवार थिए ।

दुर्घटनामा ज्यान गुमाउनेहरु
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी