मेलिना र देवेनको ‘आजको दिन’ सार्वजनिक (भिडियोसहित)

आजको म्यूजिक मुख्य समाचार

काठमाडौं, १३ फागुन, चर्चित गायक देवेन चेम्जोङ र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘आजको दिन रमाईलो गरौं न एकैछिन’ को भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियो बुढासुब्बा डिजिटल प्रालिबाट प्रिमियर गरिएको हो । गायक देवेनले आज आफ्नो जन्मदिनको खुसीमा साङ्गीतिक कोसेली दर्शक श्रोतालाई दिएको बताए । उनले भने, ‘मेरो जन्मदिनको खुसी बाढ्न चाहान्छु ।’

गीतमा दुईदिनको जिन्दगीमा रमाईलो गरौं भोली भेट होला नहोला, समयले कहाँ पुर्याउला भन्ने भन्ने आशय ब्यक्त गरिएको छ । मेलिना र गायक देवेनको युगल गायन एकदमै जमेको पाइएको छ । डान्सीङ नम्बरको गीत भएको कारण पनि एकदमै आशावादी रहेको गायक देवेनले बताएका छन् ।

गायक देवेनकै शब्द रहेको गीतको भिडियो अर्जुन मुसहाङले गरेका हुन् । पूर्वी नेपालको पर्यटकिय स्थल धनकुटाको राजारानीमा छायाङ्कन गरिएको गीतको भिडियो नारायण जिसिले खिचेका हुन् ।

हेर्नुहोस् यो गीतको भिडियो: