डीपीएल क्रिकेटको उपाधि सीवाईसी अत्तरियालाई

खेलकुद मुख्य समाचार विषेश समाचार

धनगढी, ११ फागुन, धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि सीवाईसी अत्तरियाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले उपाधि जितेको हो ।

उपाधिसँगै अत्तरियाले पुरस्कार स्वरूप ३० लाख रुपैयाँ हात पारेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा महेन्द्रनगरले दिएको १२३ रनको लक्ष्य अत्तरियाले ७ विकेट गुमाएर मात्र एक बल बाँकी छँदा भेट्टायो ।

अत्तरियाका सन्नी पट्टेल प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज दुबै बनेका छन् ।