मनोहरा साहित्य समाजको ४१ औं रचना गोष्ठी सम्पन्न

मुख्य समाचार साहित्य

काठमाडौँ, ११ फागुन, मनोहरा साहित्य समाजको नियमित रचना वाचनको ४१औं शृंखला आज सम्पन्न भएको छ । पेप्सी टाउन प्लानिंग पुरानो सिनामंगलमा रहेको ग्लोवल पब्लिक स्कूलको सभा हलमा साहित्यिक रचना गोष्ठी सम्पन्न भएको हो ।

प्रमुख अतिथि वरिष्ठ कथाकार प्राज्ञ माया ठकुरीले मनोहरा साहित्य समाजले साहित्यको प्लेटफार्म निर्माण गरेर नेपाली साहित्यको विकासमा योगदान गरेको चर्चा गरिन् । बत्तिस जना साहित्यकारले कविता, गजल, मुक्तक, गीत नेपाली र अंग्रेजी भाषामा सुनाएका थिए ।

रचना वाचन गरिएको उक्त रचना गोष्ठीमा साहित्यकार प्रकाशमणि दाहाल, घरश्याम प्रसाईं, रामचन्द्र दाहाल, कात्यायन मिश्र, मञ्जुश्री प्रधान, प्रेमनाथ घिमिरे, गोविन्द नेपाल, कणाद महर्षि, माधव विडारी, सीता आस्था ढुङ्गेल, खोलाघरे साहिंलो, तुलसीहरि कोइराला, पुरुषोतम सिग्देल, डा.खगेन्द्र शर्मा, पूनम घिमिरे, रुकुम टमटा, कुसुम चाँपागाई, सुनिल पुरी, शान्ति सापकोटा, रवीन्द्र आशीष शैली, भुवन शिवाकोटी, निर्मल पराजुली, तारा गाउँले, भावकेशर बराल, मन्दिरा मधुश्री, प्रबेग हाङस्रोङ, जसध्वज गुरुङ, बिवराम खड्का, सानु पौडेल, समिर पाख्रिन, डा.प्रदीप मैनाली, सुमन आचार्यले आ-आफ्ना रचना वाचन गरेका थिए ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि ठकुरीले यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा मनोहरा साहित्य समाजलाई बधाई र धन्यवाद दिइन्। कार्यक्रमका सभापति तथा मनोहरा साहित्य समाजका संयोजक डिल्लीराज अर्यालले नेपाली साहित्यको उत्थानमा सक्दो योगदान पुर्याउने समाजको उद्देश्य रहेको उल्लेख गरे । कार्यक्रमका अतिथि डा.भक्त राईले गीत र अतिथि तुलसीहरी कोइरालाले कविता पनि सुनाएका थिए । कार्यक्रम शीतल गिरीले संचालन गरेका थिए ।

Loading...