बाबु बोगटीको ‘टिकुली’मा स्वस्तिमा (भिडियोसहित)

आजको म्यूजिक मुख्य समाचार

काठमाडौं, १० फागुन, गायक तथा नायक बाबु बोगटीको म्यूजिक भिडियो ‘टिकुली’ शुक्रबार सार्वजनिक गएिको छ । सान्नानी, तुल्सी जमुना, सालीजस्ता चर्चित गीतहरु ल्याइसकेका बाबु बोगटीले शुक्रबार टिकुली सार्वजनिक गरेका हुन् ।

सो गीतमा बाबु बोगटीको एकल स्वर रहेको छ भने संगीत पनि उनकै रहेको छ । नारद रिजालको शब्द सृजना रहेको टिकुलीमा एरेन्ज मोहित मुनालले गरेका छन् ।

उक्त गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् भने कोरियोग्राफी सुबोल थापाले गरेका छन् । जसमा बाबु बोगटी र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ ।
भिडियो हेर्नुहोस्: