शिवसताक्षीमा ‘दोश्रो मेयर कप खेलकुद–२०७५’ सुरु

खेलकुद मुख्य समाचार

झापा, ८ फागुन, झापाको शिवसताक्षी नगरपालिकामा ‘दोश्रो मेयर कप खेलकुद–२०७५’ मंगलबारदेखि सुरु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ झिलझिलेमा सुरु भएको खेल नगर खेलकुद विकास समितिको आयोजनामा भएको दोश्रो मेयर कप–२०७५को संघीय सांसद एलपी साँवाले उद्घाटन गरे ।

मंगलबार भएको पहिलो फुटबल खेलमा भेट्रान टिम बिजयी भएको छ । भेट्रानले वडा नम्बर ३ लाई १ का बिरुद्ध २ गोलले पराजित गरेको हो । त्यसै गरी आजै भएको कबडी खेलमा वडा नम्बर २ ले वडा नम्बर १० लाई, वडा नम्बर ६ ले वडा नम्बर ४ लाई र वडानम्बर ३ ले वडा नम्बर १ लाई पराजित गरेको आयोजक समितिका सदस्य सन्तोष पौडेलले जानकारी दिए ।

फागुन १८ गतेसम्म संचालन हुने दोस्रो मेयरकप प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट व्याडमिन्टन, चेस कवडी र कराँतेका खेलहरु समावेश गरिएको छ । खेलहरु व्याडमिन्टका खेल दुधेमा र अन्य खेलहरु शिवसताक्षी–११ झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा भैरहेका छन् ।

खेलका विजेता टिमहरुले फुटबल तर्फ ७५ हजार उपविजेताले ४१ हजार त्यसैगरी क्रिकेट र भलिबलका विजेता टिमले ५० हजार उपविजेताले ३० हजार मेडल, ट्रर्फी र प्रमाण पत्र पाउने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्बा तामाङ्गले जानकारी दिए । फुटबल तर्फ बुधबारको खेल वडा नम्बर २ र वडा नम्बर ६ बीच हुने आयोजकले जनाएको छ ।

Loading...