[धर्म दर्शन] प्रत्यक्ष ज्ञान र विशेषता – शीतल गिरी

मुख्य समाचार विचार

नैयायिक बौद्धमतको कडा आलोचना गर्दछन् । हाम्रो पदार्थ विषयक ज्ञान अनिवार्य रुपले व्यापक रुप धारण गर्दछ (न्यायवार्तिक १ः१.४) । नैयायिकको मतमा सामान्य स्थापनाहरु त्यती नै पदार्थ हो जति, ती पदार्थ विशेष हो जसमा उ समवाय सम्बन्धसँग विधमान छ । पदार्थहरुको स्वरुप नै अन्तिम साक्षी हो जो स्वयं प्रकट रुपमा हाम्रो चेतनालाई निर्धारित गराउँछ ।

यदि ‘यथार्थ’ मा सम्बन्ध निहित हुदैन र ज्ञानको बिषय सम्बन्धयुक्त छ, त्यसोभए हामीले बुद्धिगत बिषय र दृष्टिगत बिषयको मित्था बिरोधलाई स्वीकार गर्नु पर्ने छ । त्यो ज्ञाता र उद्वीपक पदार्थको मध्य स्थीत एक तृतीय दल छ । सम्बन्ध शुन्यबाट हठात प्रकट हुदैन । जयन्तको तर्क छ, सविकल्प ज्ञानको विषय अयथार्थ होइन, किनभने निर्विकल्प ज्ञानद्वारा पनि उस्को वोध हुन्छ । सविकल्प प्रत्यक्ष्य ज्ञानको जटिलता तार्किक दोष होइन । यदि सविकल्य प्रत्यक्षले त्यसैको ज्ञान गराउदछ जसको ज्ञान पहिले नै निर्विकल्प प्रत्यक्षद्वारा भएको छ, त्यसो भएकोले कसैले पनि यस कुराको दलील गरेको छैन यसकारण त्यो सत्य हुन सक्दैन । सत्य पहिल्याउनु आफ्नो कत्र्तब्य मान्दछ । सत्य सानोभए पनि कसैभन्दा कम हुँदैन । सत्य पहिल्याउन सक्नुमात्र पर्छ ।

विचार बिषयक तत्व विकल्पमात्र होइन । हिमालका मानिसले मरुभूमीमा जब ऊटलाई हेर्दछ त ऊटको सामान्यतयाको लक्ष्य गर्दछ, चाहे उसलाई त्यस पशुको नामको ज्ञान नहोस् । यदि हामीले पदार्थको विशेष रुपलाई मात्र ग्रहण ग¥यौभने त हामी अर्को घटनाको पहिलोसंग सम्बन्ध स्थापित गर्न सक्दैनौं । यदि यसको तात्पर्य दोस्रोको ज्ञानले पहिलोको संकेत गर्दछ भन्ने हो, किनभने दुबै एउटै वर्गको हो, तब यो स्पष्ट छ पहिलोको प्रत्यक्ष ज्ञानमा पनि त्यसको सामान्यता र विशेषताको पनि ज्ञानभएकोथ्यो ।

बौद्ध विचारकले पनि यो अस्वीकार गर्दैनन् कि जब हामीलाई कुनै विशिष्ट पदार्थको जब प्रत्यक्ष ज्ञान हुन्छ तब सामान्यतया (अनुवृतित्रान) को पनि बोध हुन्छ । यसकारण सामान्य विशिष्ट भन्दा भिन्न छ, त्यो व्याप्त हुनाले नित्य हो, जबकि विशिष्ट पदार्थ उत्पन्न हुन्थ्यो तथा नष्ट हुन्थ्यो । यस तर्कमा सविकल्प प्रत्यक्ष्यज्ञान पदार्थको निर्देशक शब्दको स्मरणमा निर्भर गर्दछ र पदार्थको इन्द्रियसँग सोझो समपर्कमा निर्भर गर्दैन, यस आधारमा आलोचना गरिएको छ, सविकल्प प्रत्यक्ष इन्द्रियगृहीत ज्ञान तथा स्मृतिगत प्रतिविम्बको सम्मिश्रण हो, तब पनि प्रमुख अवयव इन्द्रिय सम्पर्क नै हो, नामको स्मृति सहायक अबयव हो । यहाँ हामी, बौद्व तथा नैयायिकहरुद्वारा पमर्थित यथार्थ सम्बन्धी विचारहरुमा जो मौलिक विभिन्नता छ, त्यसमा पुग्ने छौं । यस सम्बन्धी गहिरो विचार प्राप्त हुन्छ त्यो युगको रुप देखेर, भिन्न जस्तो लाग्ने गर्दछ । देखावटी मायामा लोभ हुन्छ, आत्मिय गुणको उपेक्षा पाइन्छ । तिनीहरु अनुभव गर्दछन् कि कलियुग यसैलाई भनिन्छ । अनाचार बढदै जान्छ र अन्तमा परिवर्तनको लागि प्रलय आउँदछ । यस्तो वीचारले अनाचार गर्नेहरुका मनलाई बडो कष्ट पु¥याउँछ, तब उसभीत्र लुकेको आस्तिक भावनाले अगाडी आउने अवसर प्राप्त गर्दछ ।

थाहा भएर पनि आस्तिक भावनालाई साँत्वना दिन सकिदैन । समस्त सम्बन्ध स्वेच्छाले बाहिरको कल्पनाद्वारा फैलाएको जाल हो । अनेकत्व हुदा हुदै पनि विहिष्ट पदार्थ रहन्छ । जहाँसम्म त्यो एक अर्काभन्दा पृथक छ त्यो आफू आफैँमा विशिष्ट छ, र जहाँसम्म त्यो आफ्नो विविधतामा एकसमान छ त्यो सामान्य हो, र आफ्नो यस समानताको कारण त्यो एउटा वर्गको अंग पनि हो ।

अण्ॉ रुप विशिष्ट पदार्थ, जो सबै प्रकारको विभेदहरुबाट रहित छ र म जसको कुनै सम्बन्धको अन्तिम विन्दु छैन, एउटा यस्तो मिथ्या विश्वास छ जसको सम्बन्ध पसको समर्थन अनुभवले हुदैन । आधुनिक मनोविज्ञान न्यायको यस मतको समर्थन गर्दछ कि प्रस्तुत पदार्थगत बिषयको दुई पहलू छ— इन्द्रिय गम्य गुण र सम्बन्ध । यथार्थसत्ताको स्थितिलाई स्वीकार गर्न गाह्रो छ कि मनुष्यको खण्ड खण्ड संवेदनाहरु नै वस्तुहरुको यथार्थ तत्व हो । अनुभूत संवेदनाहरु ज्ञान होइनन् । बौद्ध दार्शनिक निष्क्रमण अभिज्ञताको वास्तविकताको अनुभवको साथ तादात्म्य बताउदछन् । यही अनुभव सत्य हो र कायम रहन्छ । मलाई लाग्दछ बौद्ध दर्शनको यो वास्तविक अनुभव यथार्थ ज्ञानबाट प्राप्त भएको हो ।
तर व्यबधान शून्यताको लागि उनको जोश एउटा पूर्वाग्रह मात्र हो ।
म जब यो भन्दछु कि यो बस्तु, जसलाई म आफ्नो सम्मुख देख्दछु, सुन्तला हो, त निश्चय नै म यस सम्बन्धमा जानेबुझेर कुनै आलोचनात्मक मूर्खता गर्दिन । मानबको मस्तिष्क कुनै खाली कोठा होइन जसमा इन्द्रियजन्य बोध तत्काल प्रवेश गर्न सकोस् । मानिस जन्मजात विचारक हो र जुन ज्ञान हामीलाई उपलब्ध हुन्छ त्यसको व्याख्या नगरीकन हामी रहन सक्दैनौं । संवेदना हामीलाई बिषयनिष्ठताको भावको साथमा प्राप्त हुन्छ ।
आणविक ‘अब’ (वर्तमान) को कुनै अस्तित्व छैन ।
बौद्ध दर्शनको मतले इन्द्रिय र अवबोध (प्रतिपत्ति) अलग अलग छ र दुबैको कार्य पनि एक अर्को भन्दा एकदम पृथक छ । उक्त सामग्रीमा यस्तो सम्बन्ध जोडिइरहन्छ जसलाई हाम्रो ज्ञानले पंथक गरेर सुलाउन सक्छ । इन्द्रियहरुद्वारा जुन अस्पष्टरुपमा ज्ञात हुने गर्छ त्यसको स्पष्ट ज्ञान तब हुने गर्छ जब हामी अबरोधको क्षेत्रमा पुग्दछौं ।

यथार्थताको स्वरुप न त इन्द्रियलाई प्राप्त हुन्छ र न त अबरोधलाई नै । धर्मकीर्ति प्रत्यक्ष ज्ञानलाई चार किसिमले स्वीकार गर्दछः इन्द्रियजन्य ज्ञान, मानसिक ज्ञान (मनोविज्ञान) आत्मचेतना र यौगिक अन्तर्दृष्टि । मानसिक ज्ञानलाई पनि इन्द्रियजन्य ज्ञान नै भनिएको छ, किनभने दुबै एउटै श्रेणी (एउटै सन्तान) को हो । एक प्रकारले यो केही केही पश्चात विम्व हो, किनभने धर्मोत्तरको भनाई छ ”मानसिक ज्ञान तबसम्म उत्पन्न हुँदैन जबसम्म आँखाले आफ्नो काम केही समयको लागि बन्द नगरिदेओस् । यदी आँखा क्रियाशील रह्यो भने त हामी आकृत्ति तथा दृष्टिशक्ति इन्द्रिय ज्ञान बराबर हुदै रहन्छ ।” (न्यायबिन्दुटीका, पृष्ठ १३) यो सोझो अन्र्तज्ञान हो जसद्वारा जीवात्माको आविर्भाव हामीलाई हुन्छ (आगमन साक्षात्कारी) ।

प्रत्येक मानसिक व्यापारमा यसको सहयोग विद्यमान रहन्छ । नब्यन्यायले भावुकतापूर्ण आवेशले यसलाई परवर्ती उपज भनिएको छ जो चेतनामाथी आच्छादित हुन्छ । व्यवसाय अथवा सविकल्पज्ञान हामीलाई कुनै पदार्थको ज्ञान गराउदछ, तर यो ज्ञानको कि ”मलाई पदार्थको ज्ञान छ” अनु अर्थात पछाडीबाट उत्पन्न हुने ब्यवसाय अथवा पश्चाद्ज्ञान भनिने छ । सांख्य र वेदान्तको मत छ कि चेतनाको प्रत्येक वृत्ति पदार्थलाई प्रकट गर्दछ तथा आफू आफैलाई पनि प्रकट गर्दछ, जसमा आत्मा सम्मिलित छ (प्रमेयकमलमार्तण्ड, पृष्ठ ३४) । प्रत्यक्ष ज्ञानको अनेकौं श्रेणीहरु छ । विज्ञानको अन्वेषित सतय सजिलैसंग जगतको सत्य बन्ने गर्दछ । धर्मको सत्यमा प्रवचन हुनेगर्दछ, शास्त्रार्थ हुने गर्दछ, तब पनि त्यो शास्त्रमा नै रहेको जस्तो लाग्दछ, मनमा लिने गरिदैन ।
किन ?
म आस्तिक हूँ । विश्वास गर्दछु कारण बिना यहाँ केही पनि हुँदैन । निरन्तर ध्यानको अभ्यास गर्नाले मनुष्य इन्द्रियातीत अर्थात् दिव्यदृष्टि प्राप्त गर्न सक्दछ र नजीक अथवा टाढाको भूत र भविष्यको तथा सुदूरतर्फ दृष्टिले ओझेल सबै पदार्थहरुको प्रत्यक्ष ज्ञान प्राप्त गर्न सक्दछ (न्यायमञ्जरी, पृष्ठ १०३) । हाम्रो दृष्टिमा जुन चमत्कार प्रतीत हुन्छ, ऋषिहरुको लागि त्यो एउटा प्राकृतिक देन हो । यहाँ हरेक बस्तु रुपान्तरित छ । प्रथम प्रकारको ज्ञान प्रकृत एकजन्मा मनुष्यको हो, जबकि दोस्रो प्रकारको ज्ञान आध्यात्मिक द्विजन्मा पुरुषको हो ।

पहिलो प्रकारको ज्ञान आत्मान्वेषणको महान संघर्ष प्रारंभ हुनाले आउदछ, दोस्रो प्रकारको ज्ञान एउटासिद्धि हो जो ज्ञानको परिपक्व अवस्थामा एवं आन्तरिक वेदनाको परिणाम हो यौगिक अन्तर्दृष्टि यथार्थको ज्ञान, जस्तो कि त्यो हो, त्यसको पूर्णता र एकलयतामा प्राप्त गर्दछ (प्रशस्तपादकृत पदार्थधर्म संग्रह, पृष्ठ २५८) । गंगेश लौकिक तथा अलौकिक प्रत्यक्षमा भेद गर्दछ । अन्तिम यौगिक अंतर्दृष्टि छ । प्राचीन न्याय सामान्यतया प्रत्यक्ष ज्ञानलाई स्वीकार गर्दछ ।

कुनै एक पदार्थको जातिगत सामान्य धर्मको ज्ञानद्वारा हामी त्यस जातिको अन्य सबै पदार्थहरुको प्रत्येक स्थानमा चिन्न समर्थ हुनेछौं ।
यस विषयमा विश्वनाथ भन्दछन् कि हामी यस प्रकारले ती सब पदार्थहरुको मात्र सामान्य ज्ञान नै प्राप्त गर्दछौँ तर त्यसको पारस्परिक भेदलाई चिन्न सक्दैनौँ ।

इन्द्रिय सम्पर्कमा पदार्थ–विशेष र सामान्य धर्म दुबै प्रकट छ, वास्तविक रुपमा विद्यमान छ र त्यसको साक्षात प्रत्यक्ष ज्ञान पनि हुन्छ ।
यो सारतत्व हामीलाई ति सब पदार्थहरुको सारण गराउँदछ जसमा यसको प्रतीति हुनेछ । सामान्य धर्मको ज्ञान नै अनुमानको प्रक्रियाहरुद्वारा सामान्य सम्बन्धहरुको पूर्वानुभूतिलाई संभव हुन दिन्छ । चक्षु–इन्द्रियको सन्निकर्षको साथ साथ सुगन्धको स्मृति पनि हुन्छ र त्यसबाट मनको सम्पर्क हुन्छ । परोक्षज्ञानको अर्कोनाम स्मृतिज्ञान पनि हो । ‘वेदान्त परिभाषा’ को मत छ कि ज्ञानको एउटा विषयवस्तुमा दुइटा तत्व छ, एउटा तत्कालिक ज्ञान र अर्को व्यवह्रित ज्ञान, जबकि जैन तथा अद्वैतवादी अलौकिक सन्निकर्षलाई मान्दैन, नैयायिक यसलाई मान्दछ ।

प्रत्येक मनोविकार आफू आफैमा एक एकाई हो र अलग छ तथा मनको सूक्ष्म–स्वरुप एक साथ नै दुई मनोविकारहरुको सम्भावनालाई असम्भव बनाउँदछ यसकारण ति सुगन्धित चन्दनको चाक्ष्ॉष ज्ञानको एउटा साधारण मनोविकार मान्दछ, यद्यपि यो भन्दा पहिले चन्दनको प्रत्यक्ष ज्ञान र सुगन्धको स्मिति विद्यमान थियो । आधुनिक मनोविज्ञान यस घटनाको व्याख्या प्रत्ययसाहचर्य (association of ideas) को सिद्वान्तको आधारमा गर्दछ । यो सिद्वान्त शिशु समान सरल र निष्कपट हुन्छ । यथार्थ बाहेक अरु केही हुँदैन, अरुको प्रक्ष लिदैन ।

यता धर्मको प्रतिज्ञा छ कि ईश्वर छ, उ सर्वत्र छ, सार्वकालीक तर धार्मिक यस प्रतिज्ञा प्रति अलिकति पनि तत्पर देखाउने गरेको पाइदैन । प्रत्यभिज्ञा (चिन्नु) को घटनाको स्वरुपको विवेचना जस्तो कि ”यो त्यही घडा हो जसलाई मैले देखेको थिए” यो ज्ञान साधारण हो अथवा मिश्रित, यसको विवेचना नैयायिकहरुले गरेका छन् । यो एक्लो अनुभवात्मक तथा सारणात्मक मनोविकार होइन, किनभने यसको कारण केवल इन्द्रिय–सन्निकर्ष हुन सक्दैन, यो यसको कारण केवल संस्कार पनि होइन, किनभने यस पहिचानमा ‘यो’ को चेतना विद्यमान छ र यो यी दुईको सम्मिश्रण पनि होइन, किनभने दुबै पृथक पृथक क्रिया गर्दछ र दुबैको प्रभाव पनि भिन्न छ । भविष्यको घटना पनि होइन, किनभने त्यस अवस्थामा प्रत्यभिज्ञा तथा रचनात्मक कल्पनामा कुनै भेद रहने छैन । यस प्रकारको मत प्रकट गर्नु कि प्रत्यभिज्ञाद्वारा यस्तो पदार्थको ज्ञान हुन्छ जो भूत, भविष्य र वर्तमानमा पनि विद्यमान छ, परस्पर विरोधी कथन हुनेछ ।

हामी एउटा पदार्थलाई देख्दछौं र चिन्दछौं कि यो भन्दा पहिले पनि देखेका थियौं । (न्यायमञ्जरी, पृष्ठ ४४८–४५९) जैन दार्शनिकहरुको अनुसार प्रत्येक प्रत्यक्ष ज्ञानमा अनुमानको अंश समाविष्ट रहने गर्दछ । हामी इन्द्रियानुभवलाई पदार्थको मूर्तरुप अथवा अर्थको साथ संश्लिष्ट गर्दछौं र यस प्रकार हामीलाई पदार्थको प्रत्यक्ष हुन्छ । (न्यायभाष्य, २ः१,३०) स्मृति तथा अनुमानको तत्व सहायक हो, तर इन्द्रियजन्य ज्ञान मुख्य तत्व हो । तत्परायण आचरण गर्न साधना गर्नु पर्दछ । र आज जगत साक्षी छ साधनाभन्दा ठूलो अर्को केही छैन । सहस्र एटम्बमको शक्ति यसको अगाडि नगन्य हो ।

गौतमको परिभाषाको अनुसार, भ्रान्ति रहित हुनु प्रत्यक्ष ज्ञानको विशिष्टता हो । साधारण प्रत्यक्षमा निम्नलिखित विषय विधान रहन्छ (१) पदार्थ, जसको प्रत्यक्ष ज्ञान हुन्छ, (२) ब्राह्य चाक्षुष ज्ञानमा प्रकाश, (३) इन्द्रिय, जसकोद्वारा पदार्थको ज्ञान हुन्छ, (४) मन अथवा मुख्य इन्द्रिय, जसको सहायता बिना ज्ञानेन्द्रियहरु आफ्नो पदार्थहरुमा काम गर्न सक्दैन, र जीवात्मा । ब्राह्य पदार्थहरुमा यो त गतिको कारण अथवा सादृश्यको कारण दोष हुन सक्दछ ।

यदि हाम्रो आंखामा कुनै रोग छ या त्यो अंशतः अन्धो छ त हाम्रो प्रत्यक्ष ज्ञानमा पनि दोष रहने छ । भ्रमको कारणहरुलाई तिन बर्गमा बाँडिएको छः (१) दोष, अथवा इन्द्रियमा त्रुटि, जस्तो आँखामा जण्डिस हुनु, (२) सम्प्रयोग, अर्थात् पदार्थको सम्पूर्णरुपमा प्रकट नभएर बरु उसको एक भाग अथवा पहलू नै गोचर हुनु, (३) संस्कार, अर्थात् स्वभाव अथवा मानसिक पक्षघातको विध्नकारक प्रभावको कारण असम्बद्ध स्मृतिहरुको उदय कुनु । स्वप्नहरुको स्वरुप अनुभवात्मक छ र उसको उद्दीपक तत्व ब्राह्य तथा आभ्यन्तर दुबै प्रकारको हुन्छ । भविष्यवाणी पूर्ण स्वप्न, जसको अस्तित्व अरस्तूले पनि स्वीकारगरेका थिए, (गौम्पर्ज, ”ग्रीक थिंकर्स” खण्ड ४, पृष्ठ १८५) प्रेतात्माहरुको प्रभावले उत्पन्न हुन्छ, यस्तो भनिएको छ । प्रशस्तपादको कारण हुने गर्दछ, जबकि इन्द्रियहरु निद्रामा दबिएको हुन्छ र काम गर्न बन्द गर्दछ । –प्रशस्तपादकृत पदार्थसंग्रह, पृष्ठ १८३) यस्तो यो परम विज्ञान हो ।
श्रीधरको भनाई छ कि सपना पूर्वानुभवहरुको पुनरुत्पत्ति मात्रै होइन ।
स्वप्नान्तिकमा स्वयं स्वप्नगत अनुभवहरुको स्मृति हुन्छ ।

काठमाडौँ—३४, भीमसेनगोला