शैली साहित्य समाजको नियमित शृंखला

मुख्य समाचार साहित्य

काठमाडौँ, ५ फागुन, शैली साहित्य समाजको नियमित शृंखला शनिबार आयोजना गरिएको छ । समाजकी अध्यक्ष मञ्जुश्री प्रधानको अध्यक्षता एवं डा.बिदुर चालीसेको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा ढुण्डिराज मरासिनी, शीतल गिरी, डिल्लीराज अर्याल लगायतका अतिथिहरू रहेका थिए । कार्यक्रममा डिल्लीराज अर्यांल, मिशन अधिकारी, ढुण्डिराज मरासिनी, बद्री ऊप्रेती, लव खड्का, शीतल गिरीले रचना वाचन गरेका थिए ।

यसैगरी आत्माराम खरेल, शैलेन्द्र श्रेष्ठ, राज बाबु श्रेष्ठ, रामचन्द्र दाहाल, महादेव अधिकारी, डिम्भीखा प्रधान, मञ्जु श्री, निर्म॔ल पराजुली, लिलाराज दाहाल, शिवराम खडका, संगीता श्रेष्ठ, प्रीतम मान शाक्य, लक्ष्मी गिरी, त्रिभुवनचन्द्र वाग्ले, शारदा पराजुली, शान्ति रिसाल, पदम दोङ, प्रदीपराज श्रेष्ठ, पूनम घिमिरे, मानषी रेग्मी, दुर्ल॔भ शाह, इन्दिरा थापा लगायतका स्रष्टाहरूले पनि आ-आफ्ना रचना सुनाएका थिए ।

अतिथि शीतल गिरीले नेपाली साहित्यमा समालोचकको अभाव रहेको चर्चा गरे भने प्रमुख अतिथि विदुर चालिसेले वाचित रचनाहरू, समालोचनाको धर्मबारे चर्चा गरे । कार्यक्रम शैली समाजकै कार्यक्रमस्थल बबरमहलमा सम्पन्न भएको थियो ।

प्रस्तुति: डिल्लीराज अर्याल