थप नौ जिल्लामा स्वास्थ्य बीमा लागू हुँदै

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, ५ फागुन, सरकारले आगामी चैतसम्ममा थप नौ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ । स्याङजा, दार्चुला, कन्चनपुर, हुम्ला, मुगु, बाँके, डोल्पा, सङ्खुवासभा, र मोरङमा बीमा कार्यक्रम विस्तार गर्न लागेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

सिराहा र धनुषा जिल्लामा हालैमात्र बीमा कार्यक्रम सुरु भएको बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिए । हालसम्म विभिन्न ३८ जिल्लामा बीमा कार्यक्रम लागू भइसकेको बोर्डले जनाएको छ ।

बीमामा आवद्ध हुनेको संख्या करीब चार लाख बढी पुगेको बोर्डले जनाएको छ । पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार दुई हजार ५०० तिर्दा रु ५० हजारसम्मको सेवा सुविधा पाइन्छ ।

तस्विर: फायल