चलचित्र थात्थलोको फिदिममा विशेष प्रदर्शन

मनोरञ्जन मुख्य समाचार

पाँचथर, ५ फागुन, चलचित्र थात्थलोको फिदिममा विशेष प्रदर्शन गरिएको छ । स्थानीय छाब्दी बाराही चलचित्र मन्दिरमा चलचित्र कलाकारहरुको उपस्थितिमा विशेष प्रदर्शन गरीएको हो । आफू जन्मे हुकेको ठाउँको सम्झनालाई कथाबस्तु बनाएर निर्माण भएको चलचित्र हेर्ने दर्शकहरुले मन छोएको बताएका छन् ।

निर्माण पक्षले विशेष प्रदर्शन सफल भएको जानकारी दिएको छ । ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा छाङ्याकन भएको चलचित्रले लिम्बू परम्परागत संस्कृति, रितिरिवाजलाई चलचित्रका माध्यमबाट उठाएको छ । दर्शकको मायाले पुनः प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रमा कञ्चन थलङ, सुमी लिम्बु, साजन श्रेष्ठ, सञ्जय लिम्बु, नविन लिम्बु, दुर्गा लिम्बु, जैशन लिम्बु, कौशिला लिम्बु लगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशन खगेन्द्र पन्दाकले गरेका हुन् । चलचित्र किशोर कुमार लिम्बु र सितादेवी तुम्बापोले निर्माण गरेका हुन् ।

Loading...