वीरमा विपन्न बिरामीका लागि नवीन्द्रराजले खडा गरे १० लाखकाे अक्षयकाेष

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, ३ फागुन, वीर अस्पतालमा गरिब तथा विपन्न बिरामीका लागि १० लाखकाे अक्षयकाेष स्थापना भएकाे छ । नेपाली का‌ंग्रेसका नेता नवीन्द्रराज जाेशीका पिता गजेन्द्रराज जाेशीकाे नाममा वीर अस्पतालमा अक्षयकाेष स्थापना गरिएकाे अस्पतालले आज पत्रकार सम्मेलन गरी जानकारी दिएकाे छ । नेता जाेशीका पिताकाे केही दिन अघि उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएकाे थियाे ।

अक्षय काेषबाट आर्थिक अभाव भएका बिरामीकाे उपचार गरिने अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । अस्पतालका अनुसार वर्षमा एउटा विभाग अन्तर्गत आउने बिरामी मध्ये छनाेटमा परेकाले मात्र याे सेवा पाउनेछन् । आगामी दिनमा अक्षयकाेषमा रकम समेत बढाउँदै लैजाने अस्पतालकाे याेजना छ ।