सूचनाको हक र खुल्ला तथ्याङ्क विषयक अन्तरक्रिया

प्रदेश मुख्य समाचार

झापा, ३ फागुन, झापाको दमक नगरपालिकामा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्था, निजी क्षेत्र र सञ्चारकर्मीबीच सूचनाको हक र खुल्ला तथ्याङ्क विषयक अन्तरक्रिया सम्पन्न भएको छ । एसिया फउन्डेसनले गरेको अध्ययन र खोज तथा अन्वेषणमूलक तथ्याङ्कमा स्थानीय जननिर्वाचित जनप्रतिनिधि, संघ संस्था, निजी क्षेत्र र सञ्चारकर्मीहरुबीच अन्तरक्रिया गरेको हो ।

फाउण्डेसनका प्रतिनिधि शैलेन्द्र सिग्देलले प्रस्तुत गरेको खुल्ला सरकार साझेदारीको आधारमा एसिया फउण्डेसनले देशका ११ वटा गाउँपालिका तथा नगरपालिकाहरुमा अध्ययन गरी तयार परिएको प्रतिवेदन सार्वजनिक गर्दै सुझाव संकलन समेत गरेका थिए ।

दमक नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा खुल्ला सुचना र खुल्ला तथ्याङ्कबीचको फरक र यसको आवश्यकताका बारेमा अन्र्तक्रिया गरिएको थियो । सरकारी निकाय, एनजिओ, निजी तथा सार्वजनिक निकायहरुले जस्तो सुकै अवस्थामा पनि आम नागरिकले मागेको खण्डमा सूचना दिनु पर्ने कानुनमै उल्लेख भएको बताउँदै फउण्डेसनका प्रतिनिधि शैलेन्द्र सिग्देलले तथ्याङ्क सार्वजनिक गर्दा वा माग भएमा जस्ताको तस्तै उपलब्ध गराउनु पर्ने कानुनमा ब्यवस्था गरिएको बताए ।

गाउँपालिका तथा नगरपालिकाले सञ्चालन गर्ने हरेक गतिविधि तिनको बजेट लगायत खर्च विवरण जनताले चाहेको वखत उपलब्ध गराउनु पर्ने सूचनाको हक भित्र पर्ने बताउँदै दमक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष वोधराज न्यौपाने भन्छन्, ‘नगरपालिकाले जनतासँग सरकार नामक एप्स निर्माण गरी सो एप्स मार्फत सम्पूर्ण जानकारीहरु सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ ।’

Loading...