जिप्रका भक्तपुरका अधिकृत २५ हजार घुससहित पक्राउ

मुख्य समाचार समाज

काठमाडौँ, २ फागुन, जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई भक्तपुर दरबार स्क्वायर नजिकैको स्वीट होम रेष्टुरेन्ट एण्ड क्याफेबाट नियन्त्रणमा लिएको हो ।

जिप्रका भक्तपुरमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाईदिने भन्दै श्रेष्ठले सेवाग्राहीबाट घुस रकम लिएका हुन् । श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपसचिव एवम् आयोगका सहायक प्रवक्ता मदन कोइरालाले बताए ।