भ्यालेन्टाइन डेमा गुलाफ आकारको साग !

फोटो फिचर मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २ फागुन, चीनमा साग पनि गुलाब आकारको उत्पादन हुन थालेको छ । फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेको अवसर पारेर सो साग सार्वजनिक गरिएको छ ।

चीनको नान चिङ कृषि विश्वविद्यालय अन्तर्गत बागवानी कला प्रतिष्ठानको विद्यार्थी सिर्जनशील समूहले सो साग उत्पादन गरेका हुन् । उनीहरुले फेब्रअरी १४ तारिख गुलाफ आकारको सागलाई प्रदर्शन गरेका छन् । गुलाफ आकारको साग बागवानी कला प्रतिष्ठानको विद्यार्थी सिर्जनशील समूहको नयाँ आविष्कार भएको सीआरआई नेपाली सेवाले जनाएको छ ।

दैनिक खानामा प्रयोग हुने सागलाई नयाँ डिजाइन दिएर सामगको महत्व र प्रेम दिवसको भावनात्मक सम्बन्ध जोड्ने प्रयास गरिएको हो ।

Loading...