गायक दिपेशले भ्यालेन्टाइनमा सम्झिए विगतका प्रेमिल दिनहरु (भिडियोसहित)

आजको म्यूजिक मुख्य समाचार

काठमाडौँ, २९ माघ, अहिले प्रणय दिवस (भ्यालेन्टाइन डे) को माहोल चलिरहेको छ । एक हप्तासम्म विभिन्न नामले मनाइने भ्यालेन्टाइनको विशेष दिन फेब्रुअरी १४ लाई मानिन्छ । यो हप्ता प्रेमी, प्रेमिका हुनेहरुले उनीहरुसँग प्रेम साटासाट गर्दछन् भने नहुनेहरुले नयाँ जोडाको खोजी गर्दछन् । कतिपयले आफ्नो विगतको प्रेम सम्झिएरै यो दिवस मनाउँछन् भने कतिले अभाव वा पीडा महसुस गर्न पनि बाध्य हुन्छन् ।

प्रेम दिवसको आफ्नै महत्व रहेको छ । यो दिवसको अवसरमा नेपाली युवायुवतीहरुले नेपालमै र बाहिर पनि भरपुर मनोरञ्जन गर्दछन् । विदेशी संस्कृति भए पनि अहिले प्रेम दिवस नेपालमा पनि प्रशस्त मनाउने गरिएको छ । यो प्रेमको एक अवसर पनि हो । यो अवसरमा कोही घुम्न जाने, रमाइलो गर्ने, मनपरेको खानेकुरा खाने, राम्रो लगाउने गर्दछन् । यो मौसम नै प्रेमिल बनेको बेला प्रेमको अपेक्षा त सबैलाई भइनै हाल्छ ।

यस्तै माहोलमा गायक दिपेश सुनुवारले पनि आफ्नो विगतका प्रेमिल दिनहरु सम्झिएका छन् । आफूले मन पराएको मान्छेसँग रहँदा, बस्दाका दिन र अहिले छुट्टिएर बस्नुपर्दाका दिनहरु उनले गीतमार्फत सम्झिएका छन् । अर्को शब्दमा भन्दा उनले आफूले प्रेम गरेको बेला मनमा उब्जिएको प्रेमिल भावना गीतमार्फत व्यक्त गरेका छन् । गायक सुनुवारका अनुसार यो आफ्नै भावना र यथार्थ हो । ‘मनको आवाज…’ बोलको गीतमार्फत उनले आफ्नै मनको आवाज बोलेका छन् । यो कुरा उनले युट्युब भिडियोको डिटेलमा लेखेका पनि छन् ।

गायक सुनुवारकै शब्द, संगीत, एरेन्ज र गायनमा यो गीत तयार भएको छ । गीतको भिडियोमा पुजा साम्पाङ र येहाङ लाबुङले अभिनय गरेका छन् । भिडियो निक्कै राम्रो बनेको छ भने कलाकारहरुको अभिनय पनि सम्झनलायक छ ।

प्रेम व्यक्त गर्ने माध्यम फरक–फरक हुन्छन् र मानिसका तौर तरिका पनि फरक–फरक । यसैमध्ये एक प्रकारको फरकपन ल्याएका छन् गायक सुनुवारले । उनले आफूले अनुभूत गरेको प्रेमलाई गीतमार्फत व्यक्त गरेका छन् । यो अरुकालागि पनि रोचक र प्रेरणादायी हुनसक्छ ।

यो मिठो गीतको भिडियो हेर्नुहोस्ः

Loading...