क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस-सुन्तलीलाई मलेसियाबाट जुट्यो ३५ लाख ७१ हजार

मनोरञ्जन मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २९ माघ, सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ बाट ३५ लाख ७१ हजार सहयोग जुटेको छ । कार्यक्रम स्थलबाट नेपाली २० लाख ७१ हजार र आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको हो ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका तीन वटा शहरहरु क्वालालम्पुर, जोहोरभारु र पेनाङमा कार्यक्रम भएको थियो । ‘कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्यो भन्दा बढी स्वः स्फूर्त तीनवटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानलाई आफूले सकेको सहयोग पनि खुलेर गर्नुभयो’, सिताराम कट्टेल धुर्मुसले भने ।

सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएको भन्दा बढी नै सहयोग उठेकोमा आफूलाई खुसी लागेको पनि उनले बताएका छन् । उनले भने, ”मलेसियामा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी निकै धेरै हर्षित भएका छौं । त्यहाँ रहनुभएका व्यवसायी, समाजसेवी एवम् कम्पनीमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुले पुनः यस अभियानलाई सहयोग गर्न मलेसियाको फेरी भ्रमणका लागि दिनुभएको निम्तोले झनै बढी हर्षित भएका छौं । आगामी दिनमा अझै धेरै सहयोग प्राप्त हुने कुरामा आशावादी छौं ।”

Loading...