नेपालमा पहिलोपटक ५४ वर्षीया महिलाले जन्माइन् दुई टेस्ट ट्यूब बेबी

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौँ, २८ माघ, नपालमै पहिलो पटक ५४ वर्षीया महिलाको कोखबाट दुई टेस्ट ट्यूब बेबी (बच्चा) को जन्म भएको छ । आइतबार काठमाडौँको जावलाखेल स्थित अल्का हस्पिटल प्रालिमा उक्त बच्चाहरुको जन्म भएको हो ।

प्रसूति विशेषज्ञ डा। नुतन शर्मासहितको टोलीले सफलतापूर्वक उक्त बच्चाहरुलाई जन्माउन सफल भए । ती दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । यो संभवतः महिनावारी रोकिसकेपछि पनि बच्चा जन्माएको नेपाल मै पहिलो पटक हो ।

बच्चा जन्माउने महिलाको ४ वर्ष अघि नै महिनावारी रोकिसकेको थियो । उनलाई डा. शर्मासहितको टोलीले पुनः महिनावारी सञ्चालन बनाएर ती दुई बच्चा जन्माउन सफल भएका हुन् । अहिले ती महिलाको नाम गोप्य नै रोखिएको छ । (नेपाल समाचार पत्र)

Loading...