डीपीएल : रुपन्देही च्यालेन्जर्सद्वारा महेन्द्रनगर युनाइटेड २ रनले पराजित

खेलकुद मुख्य समाचार विषेश समाचार

धनगढी, २८ माघ, रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । ११२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १०९ रन मात्रै बनाउँदा पराजय भोग्नु पर्यो ।

टोलीका आनन्द सुब्रमनियन् २५ र रोहित पौडेलले २४ रन बनाए भने कप्तान शरद भेषावाकर ४, कुशल मल्ल ९, आरिफ शेख ५ र सिद्धान्त लोहनी ४ रनमा आउट भएका थिए ।

रुपन्देहीका विक्रम सोबले ३ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै पुनित मेहराले २ तथा ललितसिंह भण्डारी, कृष्ण कार्की र बसन्त रेग्मीले १र१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको रुपन्देहीको तर्फबाट सुमित महर्जनले सर्वाधिक २७ रन बनाए । यस्तै विनोद भण्डारी १९,सन्दीप सुनार १५, बाबर हायत १४, पुनित मेहरा ३, भीम सार्की २ र प्रदीप ऐरी १ रन बनाउँदै आउट भए । कप्तान बसन्त रेग्मी र ललितसिंह भण्डारी शुन्यमा आउट भए भने कृष्ण कार्कीले ४ रन जोडेका थिए । विक्रम सोब १० बलमा १६ रन बनाउँदै अविजित रहे ।

महेन्द्रनगरको बलिङतर्फ सिद्धान्त लोहनीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए । सागर ढकाल र अविनाश बोहराले २र२ विकेट लिएका थिए । कप्तान शरद भेषावकरले १ विकेट लिएका थिए ।