‘सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल, पफर्मेन्स होपलेश’

मुख्य समाचार राजनीति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । उनले भने, ‘अहिले मुलुकको अर्थतन्त्र डामाडोल छ । यो ५ महिनामा ५ खर्ब ६९ अर्बको व्यापार घाटा छ । निजी क्षेत्रको पनि त्यस्तै समस्या छ ।’


दुई तिहाईको सरकारले उत्ताउलो कुरा गरिरहेको उनको भनाई छ । खड्काले भने, ‘जनताका आधारभुत कुराहरु यो सरकारले पूरा गर्न सकेको छैन् । सरकारको यो एक वर्षको पफर्मेन्स होपलेस छ ।’ मुलुकको अर्थतन्त्र यस्तै रहिरहे अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र दातृ निकायहरुसँग ऋण माँगेर धन्ने दिन आउनसक्ने खतरा पनि खड्काले औंल्याए । उनले भने,’यस्तो अवस्था आयो भने जनता भोलि सडकमा आउँछन् ।’