नेविसंघ अध्यक्ष महरले दिए राजीनामा

मुख्य समाचार राजनीति

नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई सानेपा पुगेर राजीनामा बुझाएका हुन् ।

नयाँ महाधिवेशन गर्नु पर्ने म्याद गुज्रिसकेपछि महर नेतृत्वको कमिटि अवैधानिक बनिसकेको अवस्थामा पनि पार्टीले कुनै निर्णय लिन सकेको छैन । यही कमितिको म्याद थप गर्ने कि नयाँ तदर्थ समिति खडा गर्ने भन्ने विषयमा नै पार्टीको केन्द्रीय समितिले निर्णय लिन सकेको छैन । सानेपास्थित कार्यालयमा अहिले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ ।

गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले पनि राजीनामा दिएका थिए ।

Loading...