द भ्वाइस अफ नेपालको लाइभ कन्सर्ट पथरीमा

आजको म्यूजिक मुख्य समाचार

गोपाल काफ्ले पथरी, २८ माघ, फेन्साईज सो द भ्वाइस अफ नेपालका कलाकारले मोरङको पथरीमा २५ गते शुक्रबार बेजोड प्रस्तुती दिएका छन् । मेची माहाकाली म्यूजिकल कन्सर्ट अन्तरगत माघ २५ मोरङको पथरीमा लाईभ अफ म्यूजिकल कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीका साथ टप टेन कलाकारले दर्शक झुमाएका हुन् ।

पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा सम्पन्न कार्यक्रमको सुरुवातमा ‘मलाई १२ हाते पोटुकीको कुरा गर मायालु…’ भन्दै स्टेज चडेकी सुरेखा क्षेत्रीलाई दर्शकको आई लभ युको वर्षा गराएका थिए । कार्यक्रममा एकपछि अर्को गर्दै द भ्वाइस अफ नेपालका टप ८ कलाकार स्टेज चडेर गाउदा दर्शक ननाचि रहनै सकेनन् ।

पथरी स्पोर्टिंग क्लबको खुल्ला खेल मैदानमा सिमसिम पानीका बावजुत पनि कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीको प्रस्तुति दर्शकहरूले कुरिरहे । ‘स्टेजमा म त नेपालकी छोरी…’ भन्दै स्टेज चढेकी श्रेया राईलाइै वान्स मोरको वर्ष भयो भने अनुप योन्जनको ‘भेडाको उन जस्तो…’, फस्ट रनअपत्रय कुशल आचार्यले रिमिक्स भर्सनमा ‘तिमी जाने सिलगुडी म जाने सिक्कीम तिर…’, सप्तक दुतराजले सपनीमा देखेको मैले तिमीलाई…’, गीत गाउदा दर्शकले थप मनोरञ्जन लिएका थिए । श्रीजल थपलियाले ‘शान्ति र अशान्तिको यो हो लडाई…’ भन्दै स्टेज चढ्दा कार्यक्रम स्थल गुन्जयमान बनेको थियो । श्रीजलले ‘हिड्ने मान्छे लड्छ…’ गीत स्टेजमा गाउन सुरु के गरेका थिए दर्शकको हुटिङले सप्तक, अनुप र कुसलले स्टेजमा चडेर दर्शकलाई थप मनोरञ्जन दिए ।