उपत्यकाका सडक खन्ने र पुर्ने काम अझै १० वर्ष

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौँ, २८ मङ्सिर, उपत्यकामा सडक भत्काउने क्रम अझै १० वर्षसम्म जारी रहने तथ्य सार्वजनिक भएको छ । विगत पाँच वर्षदेखि खन्न सुरु गरिएको उपत्यकाको सडक खन्ने र पुर्नेमा मात्रै सीमित भइरहेका बेला सरकारले उपत्यकाको ढल पुरानो र सानो भएको भन्दै पुनः ढल खन्न सम्झौता गरेको छ । ‘मेलम्चीको पानीको पाइप बिछ्याउने काम नसकिँदै केही महिनापछि ढलका लागि सडक खन्ने काम सुरु हुँदै छ,’ वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले भने ।

ढलको पाइप फेर्ने र नयाँ ढलका लागि खन्ने कामका लागि सरकारले अघिल्लो दुई वर्षअघि नै सम्झौता गरेको थियो । विभिन्न बहानामा सडक खन्ने र पुर्ने काम हुँदा उपत्यकाका सडक जीर्ण बन्दै गएका छन् ।
मेलम्चीको पाइप बिछ्याएको स्थानमा कालोपत्रे गर्नका लागि सम्झौता गरिए पनि सोअनुसारको काम पूरा हुन सकेको छैन । अधिकांश स्थानमा सडक कालोपत्रे गरे पनि फेरि ढलका लागि भन्दै सडक खन्ने काम भइरहेको छ । (राजधानी दैनिक)

Loading...