किरात राई यायोख्खा ललितपुरको जिल्ला अधिवेशन सम्पन्न

मुख्य समाचार विषेश समाचार समाज

ललितपुर, २७ माघ, किरात राई यायोख्खा ललितपुर जिल्ला शाखाको नवौं अधिवेशन सम्पन्न भएको छ । यही माघ २६ गतेका दिन ललितपुर टुटेपानी स्थित तायामाखियामा पार्टी प्यालेसमा उक्त अधिवेशन सम्पन्न भएको हो ।

उक्त अधिवेशनले महेन्द्रबहादुर राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । अन्य निर्वाचित पदाधिकारीहरुमा समाजसेवी तथा गीतकार सरिता राई उपाध्यक्ष, भूपेन्द्र राई अर्का उपाध्यक्ष, वसन्त राई सचिव, पदमकला राई कोषाध्यक्ष, आशबहादुर राई सह-कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः कपिल राई, मिलन चाम्लिङ राई, धनकुमार राई, मोतीमाया राई, वसन्तकुमार राई, दिनेश राई र पुष्पराज राई रहेका छन् ।

किरात राई जातिको एक मात्र छाता संस्था किरात राई यायोक्खा अन्तर्गतका अन्य जिल्ला शाखाहरुभन्दा कि.रा.या. ललितपुर सबल, सक्षम र सकृय रहेको छ । कि.रा.या. ललितपुर शाखाले समाजसेवी तथा गीतकार सरिता राईको आर्थिक संयोजकत्त्वमा ललितपुर सैबुस्थित भैसेपाटीमा १३ आना जग्गा खरिद गरी आफ्नै मौलिक किरात माङ्खिम (घर) बनाउने कार्यको समेत थालनी गरिसकेको छ ।

Loading...