दुर्व्यसनीविरुद्ध बालबालिका केन्द्रित सचेतना शिक्षा

मुख्य समाचार स्वास्थ्य

झापा, २५ माघ, विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महातारा प्रसाईले समाजमा हुने हिंसाका घटनामा कमी नआएको बताउनु भएको छ । विर्ताबजारस्थित महेन्द्ररत्न माविमा एविसी नेपालको आयोजना तथा पुर्नजन्म नेपालको सहआयोजनामा लागूपदार्थ दुर्व्यसनीविरुद्धको बालबालिकामा केन्द्रीत सचेतना कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि प्रसाईले यस्तो बताएकी हुन् ।

संगतका कारण मान्छे ख्यालख्यालमै कुलतमा फस्ने गरेको उल्लेख गर्दै प्रसाईले त्यसका लागि सधैँ सचेत हुनुपर्नेमा दिइन् ।

एविसी नेपालकी झापा शाखा अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाईसहित विर्तामोड नगरपालिका वडा नं.–३ का वडाध्यक्ष भोजराज सिटौला, विद्यालयका प्रधानाध्यापक मनबहादुर पायुम लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालय तहदेखि नै लागू पदार्थले पुर्याउने असरबारे जानकार हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमकी अध्यक्ष सिटौलाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन एविसी नेपालकी सहसचिव उमा शिवाकोटीले गरेकी थिइन् ।